काठमाण्डौ । आजबाट सुरु हुन लागेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्। दिउँसो २ बजे बस्ने बैठकमा उनको सम्बोधन रहनेछ।
हालै सम्पन्न निर्वाचनपछि रास्वपा २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको छ। चौथो दलबाट सिधै पहिलो दल बनेको रास्वपाले एक्लैले दुई तिहाइ नजिकको सरकार गठन गरेको छ, जसले आजको सम्बोधनलाई झन् महत्वपूर्ण बनाएको छ।
बैठकमा अन्य दलका शीर्ष नेताहरूले पनि आ–आफ्नो धारणा राख्ने कार्यक्रम छ। नेकपा एमालेका रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाका ज्ञानेन्द्र शाही र श्रम संस्कृति पार्टीका हर्क साम्पाङले पनि सम्बोधन गर्नेछन्। त्यस्तै, नेपाली कांग्रेसले संसदीय दलको नेता चयन नगरे पनि पार्टीको तर्फबाट भिष्मराज आङदाम्बेले आफ्नो धारणा राख्नेछन्।
विशेषगरी पहिलो दलको हैसियतमा रवि लामिछानेले के सन्देश दिन्छन् भन्नेमा, अब सबैको नजर आजको बैठकमा केन्द्रित छ।






































