काठमाडौं— राजधानीको कलंकी क्षेत्रमा प्रहरीले स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँ बरामद भएको बताइएको छ।

पक्राउ पर्नेमा बारा घर भई हाल कीर्तिपुर बस्दै आएका २१ वर्षीय सचिन्द्र पण्डित र रौतहटका २८ वर्षीय राजीव ठाकुर रहेका छन्। उनीहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरूलाई उक्त रकमसहित पक्राउ गरेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।