काठमाडौं— साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १ हजार रूपैयाँले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

आइतबार नेपाली बजारमा चाँदी प्रतितोला ५ हजार १० रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।