काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।सोमबार सुन तोलाको ३०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।

आज सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन आइतबार सुनको मूल्य २ लाख ९५ हजार १०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ५ हजार ३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ रहेको थियो ।