काठमाडौं— असार महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको तुलनामा औसत निक्षेप ब्याजदरमा सामान्य गिरावट आएको छ ।
नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा औसत अधिकतम ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ, जुन जेठमा ४.३४ प्रतिशत थियो । संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि ३.२० प्रतिशतबाट घटेर ३.१८ प्रतिशतमा झरेको छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १३ बैंकले जेठकै दरलाई निरन्तरता दिएका छन् । ब्याजदर घटाउने बैंकहरूमा स्ट्याण्डर्ड चार्टर्ड, कुमारी, एनआईसी एशिया, हिमालयन, प्राइम कमर्सियल, लक्ष्मी सनराइज र एनएमबी बैंक रहेका छन् ।
अब कुन बैंकले कति ब्याज दिइरहेका छन् भन्नेमा निक्षेपकर्ताको चासो केन्द्रित भएको छ ।






































