काठमाडौं— सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको हो ।

हिजो २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले बढेर ५०१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।