काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन जाने भएका छन्।
यसअघि कांग्रेसले उपसभापति पुष्पा भुसाललाई पठाउने निर्णय गरेको थियो। सभापति थापाले सामाजिक सञ्जालमार्फत मात्र शुभकामना दिएपछि विभिन्न तहबाट आलोचना भएको थियो।
आलोचना बढेपछि कांग्रेस नेतृत्वले निर्णय परिवर्तन गर्दै थापा स्वयं उद्घाटन समारोहमा जाने कार्यक्रम बनाएको हो।
रास्वपाको पहिलो महाधिवेशन आइतबार भरतपुरमा सुरु हुँदैछ। थापाको उपस्थितिलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।





























