काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।
रास्वपाले उद्घाटन समारोहमा शुभकामना मन्तव्यका लागि विपक्षी दलका नेताहरूलाई निमन्त्रणा दिएको छ ।
थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार उनी आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा हुने उद्घाटन सत्रमा सहभागी हुनेछन् ।






































