चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने नेतृत्व चयन प्रक्रिया सञ्चालन गर्न विशेष निर्वाचन संयन्त्र खडा गरेको छ। पार्टीले १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग र १२ सदस्यीय निर्वाचन व्यवस्थापन समिति परिचालन गर्दै महाधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया अघि बढाएको हो।

केन्द्रीय निर्वाचन आयोगको नेतृत्व भुवन केसीले गरिरहेका छन्। आयोगले उम्मेदवारी दर्ता, मतदाता सूची प्रकाशन, मतदान तथा मतगणनासहित नेतृत्व चयनका सबै प्रक्रिया सम्हाल्नेछ। त्यस्तै, निर्वाचन व्यवस्थापन तथा प्राविधिक सहजीकरणका लागि छुट्टै समिति र कर्मचारी टोली पनि खटाइएको छ। यसले मतदानस्थल व्यवस्थापन, प्रशासनिक समन्वय र निर्वाचन प्रक्रियालाई सहज बनाउने काम गर्नेछ।

रास्वपाले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहँदा निष्पक्ष, पारदर्शी र व्यवस्थित निर्वाचन गराउन छुट्टै संयन्त्र परिचालन गरेको जनाएको छ।