चितवन। चितवनमा जारी रास्वपा महाधिवेशनमा प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० को सचिवालयका तीन जना सदस्यले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकाल चुनावी मैदानमा उत्रिएसँगै बालेन–रास्वपा सहकार्यको चर्चा फेरि चुलिएको छ।

तीनै जना बालेनका विश्वासपात्र र नीति निर्माण तथा संगठनात्मक काममा सक्रिय अनुहार मानिन्छन्। उनीहरूको उम्मेदवारीलाई रास्वपाभित्र नयाँ शक्ति समीकरण र वैकल्पिक राजनीतिक धारबीचको सहकार्यको संकेतका रूपमा हेरिएको छ।

रास्वपा महाधिवेशनमा अब अर्को चासो—बालेन टिमका उम्मेदवारले कति मत ल्याउलान् र?