काठमाडौं। रास्वपाको प्रथम महाधिवेशन अझै चलिरहेकै बेला प्रधानमन्त्री वालेन्द्र शाह बुधबार परिवारसहित भरतपुरबाट काठमाडौं फर्किएका छन्। केन्द्रीय सदस्य निर्वाचनको तयारी भइरहेका समयमा वरिष्ठ नेतासमेत रहेका शाहको बहिर्गमनले राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।

उनी महाधिवेशन उद्घाटनका लागि असार ७ गते चितवन पुगेका थिए भने सभापति पदमा रवि लामिछानेलाई दोहोर्‍याउन प्रस्तावकसमेत बनेका थिए। रवि निर्विरोध सभापति बनेपछि शाह काठमाडौं फर्किएका हुन्।