काठमाडौं। चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशन विवादमा तानिएको छ। सांसद राजीव खत्रीले आफ्नै प्रतिस्पर्धीलाई अनिवार्य भोट हाल्नुपर्ने व्यवस्था रहेको भन्दै नो भोट को धज्जी उडाइएको आरोप लगाएका छन्। 

आफ्नै प्रतिद्वन्द्वीलाई पनि अनिवार्य भोट हाल्नुपर्ने स्थिति रहेको भन्दै उनले मतदान व्यवस्थापनको आलोचना गरेका हुन् । खत्रीले फेसबुकमा लेखेका छन्, ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । NO VOTE को धज्जी ।’

अर्का उम्मेदवार यदु गिरीले पनि चुनाव प्रणालीमाथि प्रश्न उठाएका छन्। यता सांसद धनञ्जय रेग्मीले महाधिवेशनको अव्यवस्थाले पार्टीको अन्तर्राष्ट्रिय छवि नै धुमिल भएको टिप्पणी गर्दै ूयस्तो बेथितिले देश चल्दैनू भन्दै नेतृत्वमाथि खुला प्रहार गरेका छन्। रास्वपाको महाधिवेशनमै नेतृत्वविरुद्ध असन्तुष्टि सार्वजनिक भएपछि पार्टीभित्र नयाँ तरंग पैदा भएको छ।