काठमाडौं। चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार २ हजार ९५९ मत खसेको छ।
हाल मतदानपछिको औपचारिक प्रक्रिया पूरा भइरहेको छ भने केहीबेरमै मतगणना सुरु गरिने तयारी गरिएको छ। महाधिवेशनको चुनावी माहोल उत्कर्षमा पुग्दा अब सबैको चासो मतगणनाको नतिजातर्फ केन्द्रित भएको छ।
केन्द्रीय सदस्यको नतिजा सार्वजनिक भएपछि आजै उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितका पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान हुनेछ।



































