काठमाडौं— काठमाडौं महानगरपालिका–३२, पेप्सीकोलाको सूर्यमुखी चोकमा रहेको एक गोदाममा आगलागी हुँदा करिब १ करोड ७२ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार माँ ट्रेडर्स र तलेजु भवानी ट्रेड कन्सर्न प्रालिले सञ्चालन गर्दै आएको गोदाममा आगलागी भएको हो। आगलागीबाट गोदाममा रहेका सामग्री पूर्ण रूपमा नष्ट हुँदा ठूलो आर्थिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






































