काठमाडौं— कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संसदको गरिमा कायम राख्न सांसदहरूले भाषा, व्यवहार र पहिरनमा मर्यादा अपनाउनुपर्ने बताएकी छन्।

६८औँ संसद दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले प्रक्रियागत विवादभन्दा जनताका शिक्षा, स्वास्थ्य, सेवा प्रवाह र जनजीविकाका मुद्दामा केन्द्रित भएर बहस गर्न सांसदहरूलाई आग्रह गरिन्। संसदको गुणस्तर र जनविश्वास सांसदहरूको आचरणबाटै बलियो हुने भन्दै उनले संसदको मर्यादा जोगाउन आफू पनि प्रतिबद्ध रहेको बताइन्।