बागलुङ— ताराखोला जलबिधुत लिमिटेडको सेयर बिक्रिमा रहेको छ । कम्पनीको १७ लाख ३ हजार ६ सय ६९ कित्ता सेयर बिक्रिमा राखेको हो ।

बिक्रिमा रहेको शेयरको मूल्य प्रति सेयर १०० रुपैयाँ रहेको छ । सेयर खरिद गर्न चाहने आवेदकले ३ हजार कित्ता सेयको लागि आवेदन दिन सक्नेछन् । आवेदन शुल्क २०० निर्धारण गरिएको छ । सेयर खरिद गर्न चाहने आबेदकले ताराखोला जलविधुत लिमिटेडको कार्यालय ताराखोला गा. पा.५ करिमेला बागलुङ ५ मा रहेको कम्पनीको बैंक खाताम रकम जम्मा गर्नु पर्नेछ । आवेदकले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, प्यान नम्वर, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।

आबेदकले आवेदन दिँदा तोकिएको कागजात अपुघ भएमा स्वत आबेदन रद्द हुने उल्लेख गरेको छ ।