काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोगको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरेको छ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले विधानअनुसार रिक्त राख्न नमिल्ने आयोगमध्ये निर्वाचन र लेखा आयोगलाई पुरानै टोलीमार्फत निरन्तरता दिँदै अनुशासन आयोगमा पौडेललाई जिम्मेवारी दिएको हो।

बैठकले महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुका साथै बाँकी पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय पनि गरेको छ।