सुर्खेत— सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ। कर्णाली प्रदेशको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, संगेतरमा क्षेत्रमा भएको दुर्घटनामा गाडी कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट अनियन्त्रित भएर नदीमा खसेको हो। दुर्घटनापछि हालसम्म एक जनाको शव फेला परेको छ। मृतकको पहिचान भने खुल्न बाँकी रहेको छ।

नेपाल सेन्टिनेल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) मुकुन्द प्रसाद रिजालले अन्य यात्रुको अवस्था र क्षतिको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा खोजी अभियान सुरु गरेको छ। गाडीभित्र थप यात्रु रहेको आशंकामा कर्णाली नदीमा खोजी कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।