विराटनग— मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा भिरबाट लड्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय राजकुमार राई रहेका छन्। 

शनिबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा चुलीपोखरीस्थित भिरबाट लडेर उनको ज्यान गएको प्रहरीले जनाएको छ।

घटनाबारे आइतबार बिहान मात्रै जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी चौकी टाँडीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको छ।

प्रहरीले घटनाको मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।