काठमाडौं । गोकर्णेश्वर–४ माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा बाटोमा हिँडिरहेका एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोकतर्फ जाँदै गरेको गाडीमा राखिएका दुई वटा फायर एक्स्टिङ्ग्विसर र एउटा अक्सिजन ग्यास सिलिन्डर अचानक विस्फोट भएका थिए।
विस्फोटमा पैदलयात्री ४१ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल नेपाल मेडिकल कलेज, अत्तरखेल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न गाडीका चालक प्रहरीको सम्पर्कमा छन् भने सवारीसाधन घटनास्थलमै राखिएको छ। विस्फोटको कारण खुल्न बाँकी रहेको र घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।






































