काठमाडौं । नेपाली कांग्रेसको इतरपक्ष आज फेरि निर्णायक छलफलमा जुट्दैछ। नियमित महाधिवेशनको मागलाई थप स्पष्ट रणनीतिसहित अघि बढाउने तयारीस्वरूप शीर्ष नेताहरू चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बस्न लागेका हुन्।

पछिल्ला केही दिनदेखि जारी बैठकमा नेता–कार्यकर्ताले शीर्ष नेतृत्वबाट अब स्पष्ट निर्णय आउनुपर्ने दबाब दिएका थिए। त्यसैको आधारमा शीर्ष नेताहरूबीच आज विशेष छलफल हुन लागेको हो।

बैठकपछि महाधिवेशन, संगठनात्मक रणनीति र आगामी राजनीतिक कदमबारे ठोस निर्णय सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ। कांग्रेसभित्रको आन्तरिक समीकरणका लागि आजको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।