काठमाडौं । कलंकी र नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडी चढाउन र सामान तानेर दुःख दिएको आरोपमा प्रहरीले ६० जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लामो समयदेखि यात्रुलाई हैरानी दिने गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा बिहीबार विशेष अभियान सञ्चालन गरिएको थियो।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान सुरु गरेको जनाएको छ। यात्रुको सुरक्षा र सार्वजनिक यातायात क्षेत्रमा हुने दुव्र्यवहार नियन्त्रण गर्न यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।






































