काठमाडौं— लगातार वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएपछि सम्बन्धित निकायले सप्तकोशी ब्यारेज आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल ब्यारेजमा नदीको बहाव प्रतिक्युसेक १ लाख २६ हजार पुगेको छ, जुन सामान्य अवस्थाभन्दा माथि रहेको जनाइएको छ। चार घण्टाअघि यो बहाव १ लाख २५ हजार १ सय १० क्युसेक रहेको थियो। छोटो समयमै बहावमा निरन्तर वृद्धि देखिएको छ।
मौसम पूर्वानुमानअनुसार आज दिनभर वर्षा जारी रहने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।





































