बर्दिबास / नेकपा एमाले मधेस प्रदेश कमिटीले रसुवालगायत बाढी प्रभावित जिल्लामा २०० जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ।
प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा बर्दिबासमा बसेको सचिवालय बैठकले मधेस प्रदेशका आठवटै जिल्लाबाट २५/२५ जनाका दरले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो। बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै प्रभावितको राहत र पुनर्स्थापनाका लागि पार्टी केन्द्रमार्फत केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरिएको छ।
यससँगै बैठकले किसानलाई मल, बीउ र कीटनाशकको सहज आपूर्ति, स्वास्थ्य बीमा सेवा प्रभावकारी बनाउन बजेट वृद्धि तथा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाई महँगी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।






































