आर्थिक

    Showing 1,051-1,060 of 4,487 items.
  • निर्वाचन: बिदाका दिन सीमित बैकिङ सेवा सञ्चालनमा राख्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौं— नेपाल राष्ट्र बैंकले निर्वाचनको बिदाका दिन पनि सीमित बैकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सीमित बैकिङ कारोबार खुला राख्न निर्देशन दिएको हो ।फागुन २१ गतेका दिन हुने प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ ।बैंकले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाद्वारा रकम दाखिला तथा भुक्तानीलगायत वित्तीय सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइएको छ ।प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 472 पटक पढिएको
  • यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।त्यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 491 पटक पढिएको
  • पाँचौं दिन पनि नेप्सेमा हरियाली

    काठमाडौं— लगातार पाँच कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से परिसूचक मंगलबार पनि बढेको छ। यस दिन नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ६.२५ अंक, फ्लोट इण्डेक्स ३.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४१ अंकले वृद्धि भएको छ।कारोबार रकमसमेत बढेको छ। ३२९ स्टकको ६१ हजार ३२९ पटकको कारोबारमा ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँभन्दा बढीको १ करोड ५१ लाख ८४ हजार कित्ता शेयर किनबेच भएको छ।यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किटमा कारोबार हुँदै ७०७ रुपैयाँ १० पैसामा पुगेको छ। पञ्चकन्या माइ हाइड्रोपावर र रिलायन्स स्पिनिङ्ग मिल्सको मूल्य करिब १० प्रतिशत बढ्दा मोलुङ्ग हाइड्र

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 434 पटक पढिएको
  • फेब्रुअरीमा १ लाख ५ हजार पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै भारतबाट

    काठमाडौं— नेपाल पर्यटन बोर्ड (एनटीबी)ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सन् २०२६ को फेब्रुअरी महिनामा नेपालमा कुल १ लाख ५ हजार ४४१ अन्तर्राष्ट्रिय पर्यटकको आगमन भएको छ ।अध्यागमन विभागलाई आधार मान्दै बोर्डले उपलब्ध गराएको उक्त तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा नेपाल आउने शीर्ष १० देशहरुमध्ये भारत पहिलो स्थानमा छ ।भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । भारतबाट २२ हजार ७४५ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ११.२ प्रतिशत हो ।त्यसैगरी अन्य प्रमुख पर्यटकीय स्रोतहरुमा चीन, संयुक्त राज्य अमेरिका, श्रीलंका, म्यानमार, बेलायत, अष्ट्रेलिया, थाइल्याण्ड, बंगलादेश र जर्मनी रहेका छन् ।तथ्याङ्कअन

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 419 पटक पढिएको
  • राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ६ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।राष्ट्र बैंकले मंगलबार इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल मार्फत सहभागिता जनाउन आह्वान गरेको छ । न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ ।निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा र ब्याज भुक्तानी फागुन २५ गते हुने बताइएको छ । सबैभन्दा कम ब्याजदरको प्रस्तावलाई पहिलो प्राथमिकतामा राखी बाँडफाँट गरिने छ ।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 234 पटक पढिएको
  • नेपाल स्टक एक्सचेन्जद्वारा ब्रोकरका लागि अनिवार्य आईटी अडिट व्यवस्था लागू

    काठमाडौं— नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित र विश्वसनीय बनाउन ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ जारी गर्दै ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि (आईटी) अडिट व्यवस्था लागू गरेको छ ।नयाँ प्रावधानअनुसार प्रत्येक ब्रोकरले दुई वर्षमा कम्तीमा एक पटक आईटी अडिट गराउनुपर्नेछ भने नयाँ ब्रोकरले कारोबार सुरु गरेको छ महिनाभित्र पहिलो अडिट सम्पन्न गर्नुपर्नेछ । अडिट मान्यताप्राप्त आईटी विज्ञ वा अडिट फर्ममार्फत गराइ प्रतिवेदन नेप्सेसमक्ष पेस गर्नुपर्नेछ । निर्देशिकाअनुसार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस), ब्याक अफिस सफ्टवेयर, ग्राहक डेटा व्यवस्थापन, सर्भर, डाटाबेस, नेट

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 459 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं— नेपाली बजारमा मंगलबार सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढको छ ।आज छापावाला सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएकाृ थियो ।त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदी मूल्य प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको थियो ।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 505 पटक पढिएको
  • पेट्रोलियम पदार्थको अभाव हुनसक्ने आशंकमा पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको भिड

    काठमाडौं— काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आइतबार साँझदेखि नै सवारी साधनहरुको भिड लागेको छ । अधिकांस पम्पहरुमा लामो लाइन देख्न सकिन्छ ।शनिबारदेखि मध्यपूर्वमा इरान र इजरायल बिचको बढ्दो तनाबले उग्र रुप लिएसँगै खाडीका अधिकांश मुलुकहरु समेत त्यसको चपेटमा परेपछि त्यसैको प्रभाव स्वरुप नेपालमा समेत इन्धन अभाव हुन सक्ने जोखिम बढेको छ । जसकका कारण सवारी धनीहरु इन्धन भर्न लामबद्ध हुने गरेका हुन् ।विश्वको तेल भण्डारणको मुख्य हिस्सा ओगटेका मुलुकहरुमा बढ्दो तनाबका कारण विश्वव्यापी रुपमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि र उर्जा सकंट बढ्न सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।त्यसैको प्रभाव स्वरुप आइतबार बे

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 401 पटक पढिएको
  • खाडी क्षेत्रमा तनाब बढेपछि कतार एयरवेजका उडान केही समयका लागि रद्द, यात्रु समस्यामा

    काठमाडौं— खाडी मुलुकमा बढेको तनावका कारण कतारमा हवाइ उडान प्रतिबन्ध लागेपछि कतार एयरवेजको उडान अस्थायी रूपमा रद्द भएको छ ।कतार नागरिक उड्डयन प्राधिकरणले उडान प्रतिवन्ध हटाएपछि कतार एयरवेजले आफ्नो उडान सुरु गर्ने बताएको छ । थप जानकारी भोलि स्थानिय समयअनुसार ९ बजे दिइने कतार एयरवेजले जानकारी दियो । अमेरिका इजराइल र इरानबीच भइरहेको तनावका कारण अहिले विश्वभरिका उडानहरू प्रभावित भएका हुन् । आइतबारसम्म नेपालबाट यी क्षेत्रमा जाने २३ उडान रद्द हुँदा ४ हजारभन्दा बढी यात्रु समस्यामा परेका छन् ।

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 499 पटक पढिएको
  • सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड

    काठमाडौं— सुपर खुदी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन -आईपीओ_ आज बाँडफाँड गरिएको छ । कम्पनीले फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपीओको बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको काठमाडौंस्थित नक्साल कार्यालयमा बिहान साढे ८ बजे सम्पन्न भएको हो ।ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २६ लाख २० हजार ३४१ आवेदकबाट २ करोड ८१ लाख ६४ हजार ९५० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । तीमध्ये २ करोड ७७ लाख ३ हजार ८८० कित्ता शेयरका लागि परेको २५ लाख ८० हजार ४७० आवेदन सदर भएको छ भने ३९ हजार ८७८ आवेदन बदर भएका छन् ।सदर भएका आवेद

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 439 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.