आर्थिक

    Showing 1,121-1,130 of 4,487 items.
  • बुद्ध एयरको ‘भ्यालेन्टाइन डे’ अफरः एकै टिकटमा दुई जनालाई एभरेष्ट एक्सपेरियन्स उडान

    काठमाडौं— नेपालको अग्रणी निजी वायुसेवा कम्पनी बुद्ध एयरले यस वर्षको ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष ‘भ्यालेन्टाइन अफर’ सार्वजनिक गरेको छ ।हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसलाई अविस्मरणीय बनाउन बुद्ध एयरले ‘एभरेष्ट एक्सपेरियन्स’ उडानमा एकै टिकटमा दुई जना उड्न मिल्ने योजना ल्याएको छ । यस योजना अन्तर्गत जोडीहरूले रु. १४,२६५ मा सगरमाथालगायतका विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न पाउनेछन् ।काठमाडौं विमानस्थलबाट सुरु भई करिब १ घण्टाको हिमाली दृश्यावलोकनपछि जहाज पुनः काठमाडौंमै अवतरण हुनेछ ।उडानमा सहभागी जोडीहरूलाई गुलाबको फूल, चकलेटलगायत उपहार प्रदान गरिनेछ ।ब

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 523 पटक पढिएको
  • निजी क्षेत्रमा कर्जा प्रवाह ३.६ प्रतिशतले वृद्धि, कृषि कर्जामा संकुचन

    काठमाडौं— आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिना (२०८२ पुससम्म) को तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महीनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा महीनामा निजी क्षेत्रमा प्रवाहित कर्जा रु. १९७ अर्ब ४७ करोडले वृद्धि भई कुल कर्जा रु.५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो कर्जा ५.२ प्रतिशत अर्थात् रु. २६५ अर्ब ५६ करोडले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा निजी क्षेत्रतर्फको कर्जा ६.७ प्रतिश

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 503 पटक पढिएको
  • तनहुँमा उद्योग दर्ता बढ्दो, छ महिनामा ३३५ नयाँ उद्योग थपिए

    तनहुँ— चालु आर्थिक वर्षको पहिलो छ महिनामा तनहुँमा उद्योग तथा व्यवसाय दर्ता गर्नेको संख्या उल्लेख्य रूपमा बढेको छ। एकीकृत सेवा कार्यालय दमौलीका अनुसार साउनदेखि पुस मसान्तसम्म जिल्लामा कुल ३३५ नयाँ उद्योग तथा फर्म दर्ता भएका छन्।कार्यालयका अनुसार सो अवधिमा १८० वटा उद्योग, १५३ वटा वाणिज्य फर्म र पर्यटनतर्फ दुई वटा व्यवसाय दर्ता भएका हुन्।नयाँ दर्ता तथा नवीकरण प्रक्रियामार्फत कार्यालयले रु ४६ लाख सात हजार ४०० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिए। उनका अनुसार उद्योगतर्फ एक हजार २३ र वाणिज्यतर्फ ९८८ व्यवसाय नवीकरण गरिएको छ।त्यस्तै, उद्योगतर्फ १०८ वटाको लगत कट्टा र ८१

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 507 पटक पढिएको
  • प्रभु बैंकको सीईओको जिम्मा शर्मालाई

    काठमाडौं— प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) जिम्मा सुमन शर्मालाई दिएको छ । मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओको जिम्मा दिएको हो । नवनियुक्त सीईओ शर्माको बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव छ । उनी यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकको सीईओ भइसकेका छन् । प्रभु बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएका थिए ।  

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 517 पटक पढिएको
  • फेरी सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।आज सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य दुई लाख ८६ हजार ६ सय कायम भएको थियो ।त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १ सय ३५ रुपैयाँले बढेर पाँच हजार ३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 458 पटक पढिएको
  • विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि

    काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपाल भित्रिने विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार उक्त अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १०६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह भने ४.२ प्रतिशतले मात्र बढेको थियो ।२०८२ साल पुस महिनामा मात्रै विप्रेषण आप्रवाह १९२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा देशमा १२२ अर्ब ४४ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा मापन गरिएको विप्रेषण आप्रवाह ३२।३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड अमेरिकी डलर

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 413 पटक पढिएको
  • शिखर पावरको आईपीओमा आवेदन अवधि फागुन ८ गतेसम्म थप

    काठमाडौं— शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने समयावधि थप गरेको छ । कम्पनीले मागअनुसार आवेदन नपुगेपछि आवेदन अवधि लम्ब्याएको हो ।कम्पनीले माघ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो । यसअघि माघ २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर, तोकिएको अवधिभित्र पर्याप्त आवेदन नआएकाले अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । निर्धारित समयअगावै पर्याप्त आवेदन प्राप्त भएमा फागुन ८ गतेभन्दा अघि नै आईपीओ निष्कासन बन्द गरिने पनि कम्पनीले स्

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 493 पटक पढिएको
  • पुसमा उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत

    काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो, जसअनुसार यस वर्ष मुद्रास्फीति उल्लेख्य रूपमा घटेको देखिन्छ ।पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.६७ प्रतिशत र ४.१९ प्रतिशत थियो ।चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 558 पटक पढिएको
  • यस्तो छ, मंगलबार विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३३ पैसा र बिक्रीदर २०१ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा तोकिएको छ ।राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर १०७ रुपैय

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 428 पटक पढिएको
  • नेप्से सूचकांक सामान्य अंकले बढ्यो, कारोबार रकम ८ अर्ब नाघ्यो

    काठमाडौं— साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से सूचकांक १.५३ अंकले बढेर २,६९५.७३ विन्दुमा पुगेको छ, जुन ०.०५ प्रतिशतको वृद्धि हो ।आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १६ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ०४ प्रतिशतले घटेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ०५ प्रतिशतले बढेको छ । आजको कारोबारमा कुल ३३० कम्पनीका १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर किनबेच भएका छन् । यसबाट कुल कारोबार रकम ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ रुपैयाँ पुगेको छ । बजारमा कुल ९१ हजार ६१ पटक कारोबार भएको छ ।यसदिन ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 496 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.