आर्थिक

    Showing 1,821-1,830 of 4,497 items.
  • स्थगित गरिएको सागर डिस्टिलरीको आईपीओ आजदेखि खुला

    काठमाडौं— सागर डिस्टीलरीको आईपीओमा सर्वसाधारणले सोमबारबाट आवेदन दिन सक्ने भएका छन् ।कम्पनीले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि खुला गर्ने भनेको आईपीओ जेनजी प्रदर्शनपछि स्थगित गरिएको थियो । तर, सोमबारबाट कम्पनीले कुल ११ लाख ९० हजार ६४० कित्ता सेयर खुला गरेको हो ।कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।कम्पनीले ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 660 पटक पढिएको
  • श्रीनगर एग्रोटेकको आईपीओमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन म्याद थप

    काठमाडौं— श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । भदौ ११ देखि २५ गतेसम्म तय गरिएको अवधि देशमा उत्पन्न विषम अवस्थाका कारण प्रभावित भएपछि कम्पनीले भदौ ३० र ३१ गतेसम्म आवेदन दिने व्यवस्था गरेको हो ।कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्कासनको अनुमति मिलेको छ । यसमध्ये १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पाका बासिन्दाका लागि छुट्याइएको छ, जहाँ न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।स्था

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 668 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 2,134 पटक पढिएको
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले (सोमबार) आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ १० पैसा र बिक्रीदर १९१ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । राष्ट्र बैङ्कल

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 463 पटक पढिएको
  • वाणिज्य बैंक लुटपाटका बेला सडकमा भेटिएको ५ लाख १० हजार रुपैयाँ देउलाले प्रहरीलाई बुझाए

    काठमाडौं— जेनजी आन्दोलनको दोस्रो दिन भएको लुटपाटको क्रममा सडकमा भेटिएको ठूलो रकम एक सचेत नागरिकले प्रहरीको जिम्मा लगाएका छन्।ललितपुर महानगरपालिका–११ निवासी ३७ वर्षीय सुरेश देउलाले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखामा भएको लुटपाटपश्चात बाटोमा फालिएको अवस्थामा भेटिएको रकम प्रहरीमा बुझाएका हुन्। देउलाले ५०० रुपैयाँ दरका नयाँ नोटमा रहेको ५ लाख रुपैयाँ र थप १० हजार ५०० रुपैयाँ खुद्रा रकम जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको प्रहरी स्रोतले जानकारी दिएको छ।भदौ २३ र २४ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र लुटपाटका घटना भएका थिए

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 757 पटक पढिएको
  • एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ निष्कासन प्रक्रिया अस्थायी रूपमा स्थगित

    काठमाडौं—एसवाई प्यानल नेपाल लिमिटेडले पहिलो चरणको आईपीओ भदौ २९ बाट निष्कासन गर्ने योजना स्थगित गरेको छ । कम्पनीले हालको परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्म आईपीओ निष्कासन रोकेको जनाएको छ ।पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने तयारी थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ अर्ब ३० करोड ८९ लाख रुपैयाँको ४० प्रतिशत बराबरको आईपीओ निष्कासन अनुमति दिएको थियो । आईपीओको अंकित मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको थियो ।

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 614 पटक पढिएको
  • हामी शून्यमा पुगेका छौः प्रधानमन्त्री कार्की

    काठमाडौं— नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सम्पूर्ण सरकारी कार्यालयमा आगजनी गर्दा रेकर्ड, प्रमाण र फाइलहरु नष्ट भई शुन्यमा पुगेको बताएकी छिन् । आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भौतिक भवनको क्षती भन्दा विवरणहरु जलेर नष्ट हुँदा मुलुक शुन्यमा पुगेको बताएकी हुन् । उनले भनिन्, ‘हाम्रो रेकर्डहरु, प्रमाणहरु, सर्वोच्च अदालतका फाइलहरु सबै नष्ट भएर हामीलाई अर्को ठुलो समस्या भौतिक भवनको क्षतीले त केही हुदैन रहेछ त्यो त बनाउन पनि सकिन्छ तर ती रेकर्डहरु, जमानाका फाइलहरु ती विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौ ।’उनले सत्ता र पदको लोभ नरहेको भन्दै ६ महिना अ

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 565 पटक पढिएको
  • सुनको मूल्य सात सय रुपैयाँले घट्यो

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्य आज सात सय रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ थियो।त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 626 पटक पढिएको
  • दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज देखि दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ ।राष्ट्र बैंकले दसैँका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । बैकंले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो ।तर, राष्ट्र बैक तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको बताएको छ । 

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 594 पटक पढिएको
  • राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

    काठमाडौं— नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह समेत गरेको छ । यही भदौ ३० गतेभित्र निवेदन दिन केन्द्रीय बैंकले आग्रह गरेको छ । ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा रु १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा रु छ करोड ५० लाख बराबरको रकम बैंकले लगानी गर्नेछ । बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 662 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.