काठमाडौं / उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल लिन प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गरेको छ ।कर प्रणालीमा पारदर्शिता ल्याउन र व्यावसायिक कारोबारलाई अभिलेखीकरण गर्न ल्याइएको यस कार्यक्रम अन्तर्गत अब सरकारी मापदण्ड पूरा गर्ने उपभोक्ताहरूले दैनिक र पाक्षिक रूपमा ठुलो नगद राशि उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् । कार्यविधि अनुसार, नेपालभित्र आफ्नो व्यक्तिगत प्रयोजनका लागि वस्तु वा सेवा खरिद गर्दा एक पटकमा १०० रुपैयाँभन्दा बढीको बिल लिने उपभोक्ताहरू यस उपहार कार्यक्रममा सहभागी हुन योग्य हुनेछन् ।डिजिटल भुक
काठमाडौँ। तेह्र स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ । कूल ७५३ स्थानीय तहमध्ये ७४० ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मधेश प्रदेशका १० स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् ।सिराहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गर
काठमाडौं— नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमवार (हिजो) जारी गरेको ‘चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्व सहमति नलिई कुनै पनि गाडी खरिद गर्न नपाइने भएको छ । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्ने छ । सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्नेछ । कार्यालयको कार्य सम्पादनका लागि सरकारी निकायले खाली रहेका सरकारी भवनल
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज ९मंगलबार०का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ ०२ पैसा र बिक्रीदर १५४ रुपियाँ ६२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ०३ पैसा र बिक्रीदर १७६ रुपियाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ ३२ पैसा र बिक्रीदर २०८ रुपियाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ५८ पैसा र बिक्रीदर १९१ रुपियाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ७८ पैसा र बिक्रीदर १०८ रुपियाँ २० पैसा तोकिएको छ । राष्ट्र बैंकले क्यानेडि
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाडौं–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको सुस्त गतिलाई लिएर राष्ट्रियसभा सदस्यहरूले सरकारको तीव्र आलोचना गरेका छन्। उनीहरूले अहिलेको प्रगति हेर्दा तोकिएको थप चार वर्षभित्र पनि आयोजना पूरा हुने आधार नदेखिएको बताएका छन्।राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबार बसेको बैठकमा सांसदहरूले स्थलगत अनुगमनको अनुभव सुनाउँदै निर्माण कार्य अपेक्षाभन्दा निकै पछाडि रहेको बताएका हुन्।समिति सदस्य रञ्जित कर्णले राष्ट्रिय गौरवको आयोजना वर्षौंदेखि निर्माणाधीन रहे पनि अझै सम्पन्न हुने स्पष्ट समयसीमा नदेखिएको बताए। निर्माणस
काठमाडौं । सेयर बजारमा देखिएका समस्या समाधान र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारका सरोकारवालासँग उच्चस्तरीय छलफल गरेका छन्। छलफलमा उठेका जायज माग कार्यान्वयनका लागि सम्बन्धित निकायसँग तत्काल समन्वय गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेका छन्।सिंहदरबारमा सोमबार भएको छलफलमा प्रधानमन्त्री शाहले समस्या समाधानका लागि नयाँ समिति गठनभन्दा पनि सम्बन्धित निकायले तत्काल काम अघि बढाउनुपर्ने धारणा राखेका थिए। व्यवसायीका अनुसार प्रधानमन्त्रीले पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन सरकार गम्भीर रहेको सन्देश दिएका छन्।छलफलमा सहभागीहरूले लगा
काठमाडौं । नेपाली सेयर बजारमा लगानीकर्ताको उत्साह थपिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंक (१.५५ प्रतिशत) ले उकालो लाग्दै २,७१९ अंक पुगेको छ। यससँगै बजारले करिब एक महिनापछि फेरि २७ सय अंकको मनोवैज्ञानिक सीमा पार गरेको हो।अघिल्लो कारोबार दिन पनि बजार ७९ अंकले बढेको थियो। त्यसैले लगातार दुई कारोबार दिनमै नेप्से करिब १२० अंकले उकालो लागेको छ। यो लगातार पाँचौँ दिनको वृद्धि समेत हो, जसले बजारमा सकारात्मक मनोविज्ञान बलियो बन्दै गएको संकेत गरेको छ।कारोबार रकममा पनि सुधार देखिएको छ। शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ५ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको
काठमाडौं / फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ फिफाका लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन् । जुन प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा बढी हो । फिफाले सदस्य राष्ट्रका फुटबल संघहरूलाई दिएको जानकारीअनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज र दोस्रो बजारमा टिकट कारोबारबाट आम्दानी अपेक्षाभन्दा धेरै बढेको हो । सेकेन्डरी बजारमा टिकट खरिद–बिक्री हुँदा फिफाले खरिदकर्ता र विक्रेता दुवैबाट १५–१५ प्रतिशत शुल्क लिने व्यवस्था रहेको छ । यो कीर्तिमानी आम्दा
काठमाडौं— ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७५५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १५, राइड सेयरिङमा ५२, रातोबत्तीमा ४० जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ८३, हर्न निषेधमा २३, सडक फुटपाथमा २६, अवस्था ठिक नभएको २६ र एकतर्फीमा २५ जना र अन्यमा ४६५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ७६ पैसा र बिक्रीदर १५४ रुपियाँ ३६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८९ पैसा र बिक्रीदर १७६ रुपियाँ ५८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ८८ पैसा र बिक्रीदर २०७ रुपियाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ४४ पैसा र बिक्रीदर १९१ रुपियाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ३६ पैसा र बिक्रीदर १०७ रुपियाँ ७८ पैसा तोकिएको छ । राष्ट्र बैंकले क्यानेडिय
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.