आर्थिक

    Showing 2,031-2,040 of 4,497 items.
  • मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उल्लेखनीय सुधार, २० अर्बको कारोबार

    काठमाडौं— मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उल्लेखनीय सुधार देखिएको छ। सेयर बजार परिसूचक नेप्से ८१.७७ अंकले उकालो लाग्दै २,९७४.५५ बिन्दुमा पुगेको छ।आजको कारोबारमा २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको मूल्य घटेको छ। यसले बजारमा लगानीकर्ताको विश्वास र उत्साह बलियो बनेको संकेत गर्छ।यस दिन कुल २० अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 593 पटक पढिएको
  • १८ सयले बढ्यो सुनको मूल्य, चाँदी अहिलेसम्मकै उच्च

    काठमाडौं— नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज एकैदिन प्रतितोला १८ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आज एकतोला सुनको मूल्य एक लाख ९५ हजार पाँच सय रूपैयाँ कायम भएको छ । सोमबार सुन ४०० रुपैयाँले बढ्दै प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।मंगलबार चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सोमबार प्रतितोला २२ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी एकैदिन ३५ रूपैयाँले बढेर आज २३ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 570 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रुपैयाँ नौ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ५१ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 474 पटक पढिएको
  • २१.७६ अंकले बढयो नेप्से, कारोबार रकम घट्यो

    काठमाडौं – साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २१.७६ अंकले बढेको छ । नेप्से बढेपनि यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।आज नेप्से परिसुचक बढेसँगै २८९२.७२ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि साताको पहिलो कारोबार आइतबार नेप्से परिसुचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा रोकिएको थियो ।यस दिन कुल ३११ स्टकको १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ रुपैयाँ बराबरको ३ करोड, ५६ लाख ४९ हजार २११ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो दिन कुल २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ बराबरको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर खरिद विक्री भएको थियो ।आज सेन्सेटिभ इन्डेकस ४.४६ अंकले बढेको छ । फ्ल

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 537 पटक पढिएको
  • ६ करोड ४५ लाख ठगी आरोपमा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

    काठमाडौं — शेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगीको आरोपमा पक्राउ परेका छन्। प्रहरी वृत्त महाराजगन्जका अनुसार उनलाई ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो।वृत्तका प्रवक्ता अपिल बोहोराले अग्रवालमाथि ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ गरिएको जानकारी दिए। “शेयरसम्बन्धी ठगी र विश्वासघात मुद्दामा उनलाई नियन्त्रणमा लिइएको हो,” बोहोराले भने। प्रहरीका अनुसार अग्रवालविरुद्ध परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 618 पटक पढिएको
  • विद्युत प्राधिकरणले निजी क्षेत्रसँगको साझेदारीमा ४ ठुला प्रसारण लाईन निर्माण गर्ने

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक÷निजी साझेदारी (पीपीपी) मोडलमा ४ वटा ठुला विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ ।प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि आईतबार सुचना जारी गर्दै निजी फर्म तथा कम्पनीहरूसँग आशयपत्र (इओआई) मागेको छ ।प्राधिकरणले ११८ किलोमीटरको तिङ्ला–दूधकोशी–ढल्केबर ४०० केभी, ९४ किलोमीटरको अरुण हब (शीतलपाटी)–इनरुवा ४०० केभी, ८० किलोमीटरको न्यू खिम्ती–ढल्केबर ४०० केभी र ३० किलोमीटरको लप्सीफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माण गर्न आशयपत्र आह्वान गरेको हो ।आशयपत्र पेश गर्ने फर्म तथा कम्पनीको आयोजना सञ्चालन गर्न आवश्यक वार्षिक आम्दानी (एनुअल रिक्वायर्ड रेभिन

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 406 पटक पढिएको
  • राप्ती हाइड्रोको अवितरित हकप्रद सेयर लिलामी बिक्रीमा राखिने

    काठमाडौं— राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ। असार १ गतेबाट हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो ।जसमा बिक्री हुन बाँकी रहेको कुल ७ लाख ४ हजार १११ कित्ता सेयर बोलकबोल बढाबढ मार्फत बिक्री गर्ने भएको हो । सर्वसाधारण समूहतर्फ ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण समुहतर्फको लकइनमा नरहेको (साउन ८ गतेसम्म लकइन) १ लाख ४० हजार १०१ कित्ता सेयर लिलामी मार्फत बिक्री गर्ने भएको हो ।बिक्रीमा राखिने सेयरमा इच्छुक जोहीकोही व्यक्ति तथा संस्थाले खरिदका लाग

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 597 पटक पढिएको
  • शिव श्री हाइड्रोपावरलाई धितोपत्र बोर्डले दियो हकप्रद सेयर निष्कासनको अनुमति

    काठमाडौं— नेपाल धितोपत्र बोर्डले शिव श्री हाइड्रोपावर लिमिटेडलाई हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको छ।बोर्डले शिव श्री हाइड्रोपावरलाई १ बराबर १ कित्ताको अनुपातमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो।कम्पनीको हकप्रद सेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ भएकाले यसबाट कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ उठाउनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन क्यापिटल लिमिटेड रहेको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 697 पटक पढिएको
  • रसुवाको बाढीमा २८ करोडभन्दा बढीको बीमा दाबी

    रसुवा— रसुवाको ल्हेन्देखोलामा असार अन्तिम साता आएको भीषण बाढी पहिरोपछि २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको क्षतिको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न सात बीमा कम्पनीमा सो बराबरको दाबी परेको हो ।प्राधिकरणका अनुसार रसुवा बाढीको क्षतिका कुल ६३ वटा बिमा दाबी परेको छ । जसमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा पाँच करोड २० लाख रुपैयाँ बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सात वटा दाबी परेको छ । यस्तै, नेपाल इ

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 537 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।युरोपियन यूरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८५ रुपैयाँ २३ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २२

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 361 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.