आर्थिक

    Showing 3,251-3,260 of 4,499 items.
  • गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा

    झापा / सरकारले ४ प्रकारका बस्तुको आयात प्रतिबन्ध फुकुवा गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।पुस १ गतेदेखि लागू हुने गरी गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।मुख्यसचिवको संयोजकत्वमा गठित कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेको थियो ।सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि वाणिज्य मन्त्रालयले गत १३ वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध लगाएको थियो । तर, भदौमा सरकारले ६ प्रका

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 678 पटक पढिएको
  • काठमाडौंका तीन स्थानका कपडा गोदाममा शिलवन्दी

    काठमाडाैँ /  राजस्व अनुसन्धान विभागले काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा शिलवन्दी गरेको छ । भन्सार छलि गरि ल्याइएका सामान गोदाम गरिराखेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र बिभागको टोलीले छापा मारि तीन स्थानमा रहेका कपडा गोदाममा शिलवन्दी गरेको हो ।नितेश इम्पेक्सको काठमाडौंको भेडासिंङ, क्षेत्रपाटी र भुरुङ्खेलमा रहेको कपडा गोदाममा शिलवन्दी गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए । उनले शुक्रबारदेखि बिभागले शिलवन्दी गरेका स्थानमा थप अनुसन्धान गर्ने बताए । गोदाममा भन्सार छलि गरि ल्याइएका ठूलो परिणाममा थान कपड

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 1,013 पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य

    झापा / साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनचाँदीको मूल्य मंगलबार भने घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजाबी सुन प्रतितोलामा ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार ३५ रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 321 पटक पढिएको
  • सुपर मादी हाइड्रोपावरको आईपीओ खुला

    झापा  / सुपर मादी हाइड्रोपावरले आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यसको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको छ । कास्कीको विभिन्न गाउँपालिका तथा नगरका बासिन्दाले शेयर पाउने छन् ।यसबाहेक कम्पनीले सर्वसाधारणका लागि २१ लाख कित्ता शेयर जारी गर्नेछ । यसको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई छुट्याइएको छ ।कम्पनीको शे

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 255 पटक पढिएको
  • हिमाल आरोहणमा दोब्बर राजस्व संकलन

    झापा /  पर्यटन विभागले यस वर्षको शरद ऋतुमा हिमाल आरोहण अनुमति दिएर गत वर्षभन्दा दोब्बर राजस्व रकम संकलन गरेको छ। विभागले गत वर्षको यही ऋतुमा ४ करोड ६ लाख रुपैयाँ रकम संकलन गरेकोमा यसवर्ष ९ करोड ३० लाख संकलन गरेको हो ।विभागको तथ्याङ्क अनुसार ४८ वटा हिमाल अनुमतिबाट उक्त रकम संकलन भएको हो। विभागले वर्षमा २ पटक हिमाल आरोहणका लागि अनुमति दिने गरेको छ। यसअनुसार विभागले मार्च, अप्रिल, मे महिना (वसन्त ऋतु) मा र सेप्टेम्बर, अक्टोबर र नोभेम्बर (शरद ऋतु)मा हिमाल आरोहण खुला गर्ने गर्छ ।यस वर्षको तथ्याङ्क अनुसार शरद ऋतुमा ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालबाट सबैभन्दा बढी राजस्व संकलन भ

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 145 पटक पढिएको
  • साढे ४ महिनामा २ खर्ब ९६ अर्ब राजस्व संकलन

    झापा / चालु आर्थिक पार्षको साढे चार महिनाको अवधिमा सरकारी खर्च र आम्दानी लगभग उस्तै देखिएको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर १९ गतेसम्म ३ खर्ब २५ अर्ब २६ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भइराख्दा यता सरकारको खर्च ३ खर्ब ९२ अर्ब ४३ करोड ९८ लाख रूपैयाँ भएको हो ।खर्च आम्दानीको अन्तर हेर्दा समीक्षा अवधिसम्ममा ६७ अर्ब १७ करोड ६ लाख रुपैयाँले बढी खर्च भएको देखिन्छ । यद्यपि, यस्तो खर्च अधिक नियमित (चालु खर्च) मा नै भएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७९–८० का लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट छुट्याएकोमा मंसिर १९ गतेसम्म चालु खर्चतर्

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 148 पटक पढिएको
  • टोयोटा किर्लोस्कर मोटरका उपाध्यक्ष किर्लोस्करको निधन

    एजेन्सी / टोयोटा किर्लोस्कर मोटरका उपाध्यक्ष विक्रम किर्लोस्करको निधन भएको छ । ६४ वर्षका किर्लोस्करको नोभेम्बर २९ मा हृदयघातका कारण निधन भएको हो । उनको अन्तिम संस्कार आज (बुधबार) दिउँसो १ बजे भारको बेंगलुरुको हेब्बल श्मशान गृहमा गरिने छ । किर्लोस्कर व्यवसायिक परिवारका चौथो पुस्ताका सदस्य, विक्रम किर्लोस्करलाई टोयोटाको व्यवसाय भारतमा ल्याउने ठूलो श्रेय मानिन्छ। विक्रम किर्लोस्करको जन्म नोभेम्बर १९५८ मा भएको थियो । उनका पिताको नाम श्रीकान्त किर्लोस्कर हो। विक्रमले उटीको लरेन्स स्कूलमा पढेका थिए। स्कूल पछि, उनी म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा पढ्न गए। उनले एमआई

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 310 पटक पढिएको
  • आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घ मैनाली

    झापा / आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घ मैनाली नियुक्त भएका छन् ।अर्थमन्त्री जनार्दन शर्माले मन्त्री स्तरिय निर्णयबाट महानिर्देशक सरूवा गरेका हुन् । हाल विभागकाे महानिर्देशक रहेका रितेश शाक्यलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।सार्वजनिक ॠण व्यवस्थापन कार्यालय प्रमुख रहेका मैनालीलाई विभागको महानिर्देशक बनाइएको सरकारले प्रतिनिधी र प्रदेश सभा निर्वाचनभन्दा अगाडि मैनालीलाई विभागको महानिर्देशक बनाउन खोजेको थियो। तर, निर्वाचन आयोगले सरुवा सहमति नदिँदा मैनालीकाे सरुवा रोकिएको थियो ।अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली र भन्सार विभागका महानिर्देशक कमल भट्टराईलाई अर्थ

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 665 पटक पढिएको
  • हिमालयनसहित नौ वटा बैँक राष्ट्र बैंकको कारवाहीमा

    झापा  / नेपाल राष्ट्र बैंकले नियम विपरित काम गर्ने नौ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको नियमहरू उल्लंघन गर्ने नौ वटा वाणिज्य बैंकहरूलाई कारवाही गरेको हो ।कारवाहीमा पर्नेमा बैंक अफ काठमाण्डु, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक रहेका छन् । राष्ट्र बैंकले निर्धारण गरेको नियम अनुसार विपन्न वर्ग क्षेत्र कर्जा लगानी नगरेको भन्दै बैंक अफ काठमाडौं लिमिटेडलाई २ करोड ११ लाख ८५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्द

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 465 पटक पढिएको
  • विरेन्द्र सांसद भएपछि दाजु उपेन्द्र बने माछापुच्छ्रे बैंकको अध्यक्ष

    झापा / माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले निवर्तमान अध्यक्ष डा. विरेन्द्र महतोको राजिनामा स्वीकार गरेर डा. महतोलाई अध्यक्षमा नियुक्त गरेको हो ।डा. महतो गैर आवासीय संघका संस्थापक अध्यक्ष समेत हुन् । प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बनेपछि डा. महत्वले अध्यक्ष पदबाट राजिनामा दिएका थिए । महतो प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी जनता समाजवादी पार्टीका नेता समेत रहेका महतो सिरहा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।सांसद भएपछि बैंक तथा वित्तीय संस्थाको अध्यक्ष वा सञ्चालक

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 427 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.