आर्थिक

    Showing 3,261-3,270 of 4,137 items.
  • राजपत्रमा छापियो एमसीसी

    काठमाडौं / नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारसँगको सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । लामो समयसम्म विवादमा तानिएपछि मात्र व्याख्यात्मक बुँदासहित संसद्बाट पारित भएको अमेरिकी सम्झौता एमसीसी राजपत्रमा प्रकाशित भएको हो । कूल ३१२ किलोमिटर लामो ४०० केबी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकी सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाले अनुमोदन गरेको थियो ।लामो राजनीतिक विवाद र असहमतिकाबीच १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरिएको एमसीसी २०७४ भदौ २९ गते अनुदान सहायता सम्झौता भएको थियो । नेपालको संविध

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 131 पटक पढिएको
  • सामाजिक सुरक्षाबाट वञ्चित हुँदै बैंकका अस्थाई कर्मचारी

    बिर्तामोड / वाणिज्य बैंकहरूले करार, इन्टर्न, आउटसोर्स तथा स्थायी श्रमिकहरूलाई सामाजिक सुरक्षाबाट वञ्चित गरिदै आएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले गरेको अध्ययन अनुसार बैंकमा स्थायी कर्मचारीले मात्र विनियमावली बमोजिमको सामाजिक सुरक्षा पाउने गरेका छन् ।बैंक तथा वित्तीय संस्थाले सामाजिक सुरक्षा योजनालाई ऐच्छिक बनाउनुपर्ने माग गरिरहेका बेला अस्थाई कर्मचारी भने सामाजिक सुरक्षाबाट वाञ्चित भएका छन् । वाणिज्य बैंकमा ठूलो सङ्ख्याका करार, तालिमी, आउटसोर्स र अस्थाई श्रमिकहरूलाई बैंक विनियमावलीले सामाजिक सुरक्षाका लागि संरक्षण नगरेको महासङ्घले सार्वजनिक गरेको

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 121 पटक पढिएको
  • मुलुकमा विद्युत अभाव : भारतले गर्यो बिजुली कटौती

    बिर्तामोड / रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य अत्यधिक बढेसँगै भारतमा समेत विद्युत संकट देखिएपछि नेपालमा भारतबाट विजुली आयात गर्न चुनौती भएको छ । डिजेल, पेट्रोल लगायत इन्धनको भाउ पनि अकासिँदा भारतीय बजारमा बिजुली खपत पनि बढेपछि नेपालले आयात गदै आएको बिजुलीसमेत कटौती भएको हो ।सामान्य अवस्थामा नेपालले भारतबाट दैनिक करिब ४०० मेगावाट बिजुली आयात गर्दै आएको थियो भनेअहिले दैनिक ८० मेगावाट बिजुली मात्र पाउन थालेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताएका छन् । भारतबाट ल्याउने बिजुली कटौतीपछि अहिले नेपालका उद्योगहरूमा दैनिक ३०० मेगावाट बिजुली अभाव

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 117 पटक पढिएको
  • साढे ३३ अर्ब प्रत्यक्ष विदेशी लगानी स्वीकृत

    काठमाडौं / अर्थतन्त्र धर्मराउन थालेपछि सजग बन्दै सरकारले समेत हप्तामा दुई दिन बिदा गर्ने जस्ता नियम लागू गरेको समयमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडिआई) बढेको देखिएको छ । मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेको र इन्धन आयातमा पनि चुनौती भइरहेको समयमा बढ्दो एफडिआईले अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने भएको हो । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिना (चैतसम्म) मा करिब साढे ३३ अर्बभन्दा बढी लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ ।गत आवको सोही अवधिमा २६ अर्ब १४ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको थियो । अघिल्लो वर्षको तुलनामा सात अर्ब २८ अर्ब रुपैयाँ

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 115 पटक पढिएको
  • प्रति व्यक्ति आम्दानी १ लाख ६७ हजार

    काठमाडौं / एकवर्षमा नेपालीको औसत आम्दानी १६ हजारले बढेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको तथ्यांक सार्वजनिक गर्दै वार्षिक प्रति व्यक्ति आम्दानी औसत १ लाख ६७ हजार र १३७२ अमेरिकी डलर पुगेको छ ।  

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 125 पटक पढिएको
  • जिडिपी ४८ खर्ब पुग्ने : केन्द्रिय तथ्यांक विभाग

    काठमाडौं / केन्द्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) ४८ खर्ब पुग्ने अनुमान गरेको छ । बजार मूल्यका आधारमा अर्थतन्त्रको आकार ४८ खर्ब र उत्पादन मूल्यका आधारमा ४२ खर्ब ७७ पुग्ने विभागले जनाएको छ ।अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्षमा ४ दशमलब १ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ  भने चालू आर्थिक वर्षमा ५ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि हुने विभागले प्रक्षेपण गरेको छ ।चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २ दशमलब ३ प्रतिशत, उद्योगको वृद्धिदर १० दशमलब ३ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५ दशमलब ९ प्रतिशत हुने विभागले अनुमान लग

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 131 पटक पढिएको
  • सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, प्रति क्विन्टल कति ?

    काठमाडौँ / सरकारले आर्थिक वर्ष २०७९/८० को लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले आर्थिक वर्ष ०७९/८० का लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १६५ निर्धारण गर्ने निर्णय गरेको जानकारी दिए । सरकारले यसअघि आर्थिक वर्ष ०७८/७९ मा गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ तोकेको थियो भने आर्थिक वर्ष ०७७/७८ मा ३ हजार १५ रुपैयाँ  तोकिएको थियो । 

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 149 पटक पढिएको
  • सरकारले लगायो मोबाइल, मदिरासहित १० वस्तुको आयातमा प्रतिबन्ध

    झापा / उच्च व्यापार घाटा र विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले १० प्रकारका सामान आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना निकालेर मोबाइल सेटदेखि मदिरासम्मको आयातमा रोक लगाएको हो। आगामी मसान्तसम्मका लागि छ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, २५० सिसीमाथिका मोटरसाइकल, ३२ इन्चमाथिको रंगीन टेलिभिजन, गाडी, मदिरा, सुर्तीजन्य पदार्थ, खेलौना, तास र हिरा लगायतका सामाग्रीहरूको आयतमा रोक लगाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज र यस्तै प्रकारका उत्पादन पनि आयात गर्न पाइने छैन। आयातमा बन्देज लगाइएका सा

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 120 पटक पढिएको
  • वैशाखमा मात्रै २२ अर्बले घट्यो निक्षेप

    काठमाडौँ / वैशाखमा वाणिज्य बैंकहरूको निक्षेप उच्च दरले घट्न थालेको छ । चैत मसान्तमा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको बैंक निक्षेप वैशाखमा आउँदा ४३ खर्ब ६७ अर्बमा झर्दा २२ अर्बको गिरावट भएको हो । पछिल्लो एक सातामा मात्रै १० अर्बले घटेको निक्षेप भन्दा ऋण थोरै मात्रामा मात्रै घटेको छ ।चैत मसान्तदेखि वैशाख ९ गतेसम्म ऋण ३ अर्बले घटेको छ भने एक सातायता अवधिमा ऋण एक अर्बले घटेको छ ।चालु आर्थिक वर्षको कुल निक्षेप १६६ अर्बले वृद्धि भएको छ । पछिल्लो एक सातामा विदेशी मुद्राको निक्षेप ४ अर्बले घटेको छ भने ऋण एक अर्बले झरेको छ ।

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 106 पटक पढिएको
  • नेपालमा १५ वाणिज्य बैङ्क मात्र आवश्यक

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक तथा विज्ञ गरेर २३० जनामा गरेको सर्वेक्षणमा नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको हो ।सर्वेक्षणले मुलुकको अर्थतन्त्रको आकार, प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन र जनसङ्ख्याका आधारमा वाणिज्य बैङ्कहरूको सङ्ख्या धेरै रहेको निष्कर्ष निकालेको छ । त्यस्तै , हाल सञ्चालनमा रहेका बैङ्क तथा वित्तीय संस्थाको कुल सङ्ख्या पनि आदर्श अवस्थाभन्दा बढी रहेको समेत देखिएको छ । सर्वेक्षणमा ५

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 113 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.