आर्थिक

    Showing 3,321-3,330 of 4,499 items.
  • कसरी बने अटो ड्राइभर अनुप एकै रातमा करोडपति ? (भिडियाेसहित)

    एजेन्सी / कोही मानिस एकै रातमा करोडपति भयो भन्ने कुरा सुन्दा हामीलाई अचम्म लाग्न सक्छ । तर, भारतीय एक अटो ड्राइभर एकै रातमा करोडपति बनेका छन् ।भारतको केरलास्थित श्रीबरहमका अटो चालक अनुपले २५ करोड भारतीय रुपैयाँको चिठ्ठा जितेपछि उनी एकाएक करोडपति बनेका हुन् ।उनलाई २५ करोड भारतीय रुपैयाँको चिठ्ठा परेको टाइम्स अफ इण्डियाले जनाएको छ। आइतबार उनको टिकट नम्बर टिजे –७५०६०५ले २५ करोड रुपैयाँको चिठ्ठा जितेको हो। शनिबार उनले दुई वर्षीय छोराको खुत्रुके फुटाएर चिठ्ठा किनेका थिए। उनले भनेका छन्,  ‘मलाई टिकट किन्न मन थियो। टिकटको मूल्य ५०० रुपैयाँ थियो। तर मसँग पुग्ने रकम थिएन ।’  २५ करोड भारु

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 191 पटक पढिएको
  • पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध विशेष अदालतमा आरोपत्र दायर

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहति पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।प्याराग्लाइडिङ सञ्चालन अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै उनले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।उनी चढ्ने गाडी खान तलासी गर्दा थप १६ लाख ५० हजार पनि बराम बरामद गरिएको थियो । अनुसन्धानको सिलसिलामा उप–सचिव नेपालले सेवाग्राहीसँग प्याराग्लाईडिङ्ग सञ्चालन गर्न सञ्चालन अनुमतिपत्र (लाईसेन्स) दिने क्रममा घुस र रिसवत लिएको पुष्टि भएको

    • प्रकाशित मितिः असोज २, २०७९
    • 187 पटक पढिएको
  • शुक्रबारको तुलनामा आज तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ / आइतबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार आठ सय रुपैयाँ कायम भएको हो ।तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज तोलामा १५ रुपैयाँ बढेर चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ कायम भएको छ । 

    • प्रकाशित मितिः असोज २, २०७९
    • 176 पटक पढिएको
  • विश्वको दोस्रो धनी व्यक्ति बने गौतम अडानी

    एजेन्सी  / भारतीय अर्बपति गौतम अडानी विश्वको दोस्रो धनी व्यक्ति बनेका छन्। फोर्ब्सको रियल–टाइम अर्बपतिहरूको सूची अनुसार अडानी शुक्रबार फ्रान्सेली व्यवसायी बर्नार्ड अर्नाल्टलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका हुन्।अडानी र उनको परिवारको कुल सम्पत्ति १५५.४ अर्ब डलर पुगेको छ। अडानी अब टेस्ला प्रमुख इलन मस्क भन्दा पछि छन् जसको कुल सम्पत्ति २७३.५ अर्ब डलर रहेको छ।त्यस्तै अमेजनका संस्थापक जेफ बेजोस १४९.७ अर्ब डलरको कुल सम्पत्तिका साथ तेस्रो नम्बरमा छन् भने माइक्रोसफ्टका संस्थापक बिल गेट्सको १०५.३ अर्ब डलर, ल्यारी एलिसन ९८.३ अर्ब डलर र वाल स्ट्रिटका लगानीकर्ता वारेन बफेट ९६.५ अर्

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • 364 पटक पढिएको
  • कोरोनाका कारणा बन्द भएको केरुङ र तातोपानी नाका आजदेखि संचालनमा

    काठमाडौँ  / कोभिड–१९ का कारण बन्द भएका नेपालतर्फका केरुङ र तातोपानी नाकाहरू सञ्चालनमा आएका छन् ।चीन सरकारले तिब्बतमा कोरोना भाइरसको प्रकोप बढेको भन्दै भदौ पहिलो सातादेखि नाका बन्द गरेको थियो । नाका बन्द गरेको १ महिनापछि आजदेखि रसुवागढी नाकाबाट चीनले कन्टेनर छाड्न लागेको हो ।नेपालको ४ दिने भ्रमणमा आएका चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुसँगको भेटमा नेपालका सबैजसो नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेका थिए । सबै नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेपछि चीनले नाकाबाट सामान पठाउन सुरु गरेको हो ।यसैगरी अध्यक्ष लीले कोभिड–१९ का कारण बन्द भएको नेपालतर्फका केरुङ र तातोप

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • 145 पटक पढिएको
  • सिक्लेस हाइड्रोको ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला

    काठमाडौँ  / सिक्लेस हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुलाएको हो ।बिक्री खुलेको आईपीओ मध्ये कर्मचारीका लागि ३४ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि ५७ हजार ५०० कित्ता सेयर छुट्याइएको छ भने बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।सर्वसाधारणले कम्पनीको आईपीओमा १० देखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आजदेखि खुलेको सेयरको आवेदन असोज २ गते बन्द हुनेछ । यो समयमा सम्पूर्ण सेयर बिक्री नभएमा असोज १२ गतेसम्म आवेदनको म्याद थपिने कम्पनीले बताए

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • 145 पटक पढिएको
  • सयौँ मानिसको रोजगारीको केन्द्र बन्दै बर्ने चिया बगान (भिडियाेसहित)

    दिपेन विश्वकर्माबर्ने / पछिल्लो समय पर्यटकीय क्षेत्रका रुपमा स्थापित बन्दै गएको बर्ने चिया बगान सयौँ मानिसको रोजगारीको केन्द्र बनेको छ । ५७५ बिगाहा क्षेत्रफलमा फैलिएको यस बगानमा स्थाई र अस्थाई गरि चार सयको हाराहारीमा मजदुरहरूले काम गर्दे आएका छन् । चिया बगानमा काम गरे बापत श्रमिकहरूले श्रम ऐनले तोकेको ज्याला पाउने गरेको छन् ।  हाल बगानमा काम गर्ने मजदुरले दैनिक रुपमा ४३५  रुपैयाँ पाउँदै आएका छन् । नेपाल चिया विकास लिमिटेडले झापामा बर्ने चिया बगान, टोकला चिया कमान र बाह्रदशी गरी ३ वटा चिया बगान सञ्चालन गर्दे आएको छ । बगानमा उत्पाद भएको चिया भारतीय बजारमा बिक्री बितरण हुने गर

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 532 पटक पढिएको
  • घट्यो सुनको भाउ, प्रतितोला कति ?

    झापा  / नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो।सोमबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तीन सय रुपैयाँले घटेर आज सोमबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यस्तै आइतबार ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९३ हजार एक सय रुपैयाँमा आइपुगेको छ। महासङ्घका अनुसार सोमबार चाँदीको भाउ भने आइतबारको तुलनामा स्थिर देखिएको छ। चाँदी प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।&

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • 189 पटक पढिएको
  • सहकारीमा तरलताको समस्या छैन : राष्ट्रिय सहकारी महासंघ

    सरोज निरौला काठमाडौँ  / केही ठूला सहकारी संस्थाले सदस्यको बचत फिर्ता गर्न नसकेर समस्यामा परेपछि सहकारी अभियानले आज संयुक्त अपिल जारी गर्दै सबै सहकारीमा तरलताको समस्या नरहेको स्पष्ट पारेको छ । राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, नेपाल कृषि केन्द्रीय सहकारी संघ, बागमती प्रदेश सहकारी संघ, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ र काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका विषयगत सङ्घहरूले संयुक्त अपिल जारी गरेका हुन् । अपिल सार्वजनिक गर्दै अभियानले संस्थालाई असजिलो परेको बेला सहयोग गर्ने जिम्म

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 204 पटक पढिएको
  • लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल

    काठमाडौँ / ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल सेन्टर सिल गरेको छ।महानगरका प्रमुख चिरीबाबु महर्जनका अनुसार सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान अन्तर्गत महानगरको आफ्नै जग्गामा रहेको पेट्रोल पम्प मापदण्ड विपरित रहेकोले सिल गरिएको हो । महानगरले लामो समयदेखि सञ्चालनमा रहेको सो पेट्रोल पम्पलाई त्यहाँबाट हटाउन विगत ६ महिनादेखि निर्देशन दिँदै आएको थियो । नमानेपछि आइतबार महानगरका प्रमुख महर्जनको उपस्थितिमा सिल गरिएको हो। केहि समयमा पेट्रोल पम्प हटाउने महर्जनले बताए ।

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 210 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.