आर्थिक

    Showing 3,341-3,350 of 4,499 items.
  • गौरादहको पायल फर्निचर उद्योगमा आगलागी, १५ लाखको क्षति

    बिर्तामोड /  झापाको गौराहदमा आइतबार बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गौरादह नगरपालिका –१ का मुनिलाल शर्माले गौराहद –२ स्थित गौरादह बजारमा सञ्चालन गरेको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको हो । आइतबार बिहान अचानक विद्युत् सर्ट भई आगलागी भएको उनले बताए । आगलागीबाट फर्निचरको छेउमा रहेको बास र टिनको छानो भएको टहरा पूर्णरूपमा जलेर नष्ट भएको छ भने उक्त टहराभित्र रहेको मेसिन, काठ र फर्निचर जलेर करिब रु १५ लाख बराबरको क्षति भएको हो।आगला

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 187 पटक पढिएको
  • नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    झापा / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार पनि दोहोरो अङ्कले ओरालो लागेको छ। लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो। नेपाल स्टक एक्सचेन्ज अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ।यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७७ अङ्कले घटेर तीन सय ९१ दशमलव ७४ मा सीमित भएको छ। कूल दुई सय १३ कम्पनीका ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता शेयर रु एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० मूल्यमा खरिद बिक्री भए।कारोबार भएका १३ उप–समूहमध्ये जीवन बीमा उपसमूहको शेयर मूल

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 203 पटक पढिएको
  • आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

    झापा / आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि बिहीबारकै मूल्यमै छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, चाँदीको मूल्य एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 202 पटक पढिएको
  • स्व. पूर्वराजा महेन्द्रका ज्वाइँविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा

    झापा / स्वर्गीय पूर्व राजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।२९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै महेन्द्रको छोरी शारदाका श्रीमान् शाहसहित ३१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय टङ्गालले बिहीबार मुद्दा दायर गरेको हो।धनुषाको पिडारी चोकस्थित रत्नसागर मन्दिरको नाममा रहेको जग्गा व्यक्तिको नाममा पास गरेर भ्रष्टाचार गरको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । सार्वजनिक जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा ल्याएर २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ भ्रष्टाचार गरको बताउँदै सो बराबरको बिगो मागदाबी गर्दै

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 163 पटक पढिएको
  • ५२ स्थानीय तहले अझै पेस गरेनन् बजेट

    झापा / नयाँ आर्थिक वर्ष सुरु भई एक महिनाभन्दा बढी समय बितिसक्दा पनि ५२ वटा स्थानीय तहले अझै बजेट पेस गर्न सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ५२ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९/८० को बजेट पेस नगरेका हुन् । हालसम्म चालु आर्थिक वर्षको बजेट पेस नगर्नेमा प्रदेश १ का २, मधेस प्रदेशका ३५, बागमती प्रदेशका ३, लुम्बिनी प्रदेशका ७, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका २ स्थानीय तह रहेका छन् । हालसम्म गण्डकी प्रदेशको मात्र सबै स्थानीय तहले बजेट पेस गरिसकेका छन् । मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०१ वटा स्थानीय तहले बजेट पेस गरिसकेका छ

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • 161 पटक पढिएको
  • साउनमा मात्रै साढे २० अर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात

    काठमाडौँ / चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ । गत साउन महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको हो । साउनमा मात्र ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेल, ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल र ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा नेपालले १४ अर्ब ६१ करोड ६२ लाख ६९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो । 

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 272 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

    बिर्तामोड  / नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९५ हजार रुपियाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार तीन सय रुपियाँ तोकिएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय रुपियाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार पाँच सय थियो ।आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपियाँले बढेर एक हजार १६५ रुपियाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 249 पटक पढिएको
  • अब रासायनिक मल ‘ई–बिडिङ’ प्रणालीबाट बिक्री गरिने, किसान ठगिने समस्याबाट मुक्त (भिडियाेसहित)

    काठमाडौँ / रासायनिक मल बिक्री वितरणलाई छिटो, छरितो र पारदर्शी बनाउन ‘ई–बिडिङ’ प्रणाली लागू गरिएको छ । देशभरका मल बिक्री वितरण गर्ने डिपोहरुले आफू खुशी मल बिक्री गरेको, आफू नजिकका व्यक्तिहरूलाई मात्र दिएको, मल लुकाएको जस्ता आरोप लाग्न थालेपछि कृषि सामग्री कम्पनीले यस्तो व्यवस्था गरेको हो ।कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीका अनुसार अब कुन ठाउँमा कति मल छ, कति बिक्री भइसक्यो, कुन सहकारीले कति लग्यो जस्ता कुरा जहाँबाट पनि हेर्न सकिने गरी प्रणाली निर्माण भएको छ । यो प्रणाली लागू भएपछि किसानले मल खरिद गर्दा ठगिने समस्याबाट मुक्त हुनुका साथै मलमा हुने अनियमितता तथा

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 263 पटक पढिएको
  • दमकबाट अनलाइन गेमिङ मार्फत ठगी गर्ने गिरोह पक्राउ

    बिर्तामोड / गैरकानुनी ढंगले अनलाइन गेमिङमार्फत ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका –८ का २५ वर्षीय सतप्रकाश साह, दमक–७ का २७ वर्षीय राजु श्रेष्ठ, कमल गाउँपालिका –२ का ३० वर्षीय अरुण कार्की र दमक–८ का ३३ वर्षीय राजु लिम्बू रहेका छन् । उनीहरूलाई गोप्य सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटी शाखा, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।झापा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार नेपालमा प्रतिबन्धित वान एक्स बेट एप्लिकेसनमा पैसाको हारजित हुनेगरी खेल खे

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 226 पटक पढिएको
  • इस्टर्न हाइड्रोपावरको आईपीओ बिक्री खुला

    झापा / इस्टर्न हाइड्रोपावरले आज (मंगलबार)देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १ सय अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा छिटोमा २१ भदौसम्म र ढिलोमा ५ असोजसम्म आईपीओ खुला रहनेछ ।रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आईपीओ

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 131 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.