आर्थिक

    Showing 3,351-3,360 of 4,499 items.
  • क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं / डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको छ ।क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग गर्दै अधिवक्ता सागर बराल लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंक, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।आगामी सोमबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ । 

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 183 पटक पढिएको
  • ६९ लाख रुपैयाँसहित तीन हुन्डी कारोबारी पक्राउ

    झापा / हुन्डी कारोबार गरेको आरोपमा ६९ लाख रुपैयाँसहित प्रहरीले काठमाडौंबाट तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर –१० का ४५ वर्षीय माधव श्रेष्ठ, बाराको महागढीमाई –७ घर भई काठमाडौंको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिशल कुमार शाह र धनुषाको जनकपुर –३ घर भई काठमाडौंको टेकु बस्ने ३३ वर्षीय अंकित गोयन्का रहेका छन् ।उनीहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले घण्टाघर र कलंकीबाट पक्राउ गरेको हो ।घण्टाघरमा श्रेष्ठले सञ्चालन गर्दै आएको सर्जोग टुर एन्ड ट्राभल्सबाट ६० लाख र कलंकीमा गोयन्काले सञ्चालन गर्दै आएको आनी इन्टरनेसनलबाट ९ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 225 पटक पढिएको
  • बचतकर्ताको लाखौँ रुपैयाँ ठगी आरोपमा रामकृष्ण र राजीव पक्राउ

    हेटौडा  / पछिल्लो समय सहकारी संस्थाको बदमासी बाहिरिने क्रम बढेको छ । सहकारीमा बचतकर्ताहरुले आफ्नो गाँसै काटेर बचत गरेका हुन्छन् । तर, केहि सहकारीकर्मीहरुको बदमासीका कारण सहकारी क्षेत्र नै धराशायी बन्दै गएको मात्रै छैन, सहकारी प्रति आम नागरिकको धारणा नै बद्लिने अवस्थाको शीर्जना भएको छ । बचतकर्ताको रकम ठगी गरेको आरोपमा हेटौँडास्थित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकृष्ण अधिकारी र कोषाध्यक्ष राजीव घलान पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका –२ स्थित जनचेतना स्वावलम्बन बचत तथा स्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी लिमिटेडमा बचतकर्ताहरूले बचत गरेको करिब ७

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 360 पटक पढिएको
  • भर्चुअल करेन्सीको कारोबार गरे कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

    झापा / नेपाल राष्ट्र बैंकले देशमा प्रतिबन्धित क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डमार्फत कारोबार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समयमा त्यस्ता माध्यमबाट अवैध लगानी गर्न र गराउने कार्य हुदै आएपछि राष्ट्र बैंकले सार्वजनिक सूचना नै जारी गरी देशभित्र र बाहिर सो कारोबार गर्ने व्यक्ति र कम्पनीलाई कारबाही गरिने चेतावनी दिएको हो ।देशभित्रका व्यक्ति तथा कम्पनी, विदेशी संस्था, देशबाहिर बसोबास गर्ने नेपाली, नेपालमा दर्ता भई विदेशमा रहेका फर्म, कम्पनी र संस्था यस्ता कारोबारमा संलग्न भएमा, प्रयोग, सदस्यता, स्वामित्व ग्रहण गरेमा वा माइनिङ, विप्रेषण गरेमा कान

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 209 पटक पढिएको
  • घरजग्गा किनबेचमा उच्च गिरावट, साउनमा ३३ हजार ८३४ वटा मात्र घरजग्गा किनबेच

    काठमाडौं / चालु आर्थिक वर्षको पहिलो महिना साउनमा घरजग्गा कारोबारमा उच्च गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने कर्जामा कडाइ र भूमि व्यवस्था मन्त्रालयले कित्ताकाटमा अंकुश लगाउँदा घरजग्गा कारोबारमा मन्दी आएको हो ।भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार साउनमा जम्मा ३३ हजार ८३४ घरजग्गा किनबेच भएको छ । यो असारको तुलनामा १३ हजार २४८ कम हो । असारमा देशभरका मालपोत कार्यालयहरूबाट ४७ हजार ८२ घरजग्गा किनबेच भएको थियो ।बैंकिङ प्रणालीमा भएको चरम तरलता अभावका कारण ऋण पाउन मुस्किल भएपछि घरजग्गा कारोबार सुस्ताएको हो । साथै, राष्ट्र बैंकले घरजग्गामा जाने कर्जाका अंकुश लगाउँद

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 292 पटक पढिएको
  • पाँच वर्षमा भित्रिए १४ हजार विद्युतीय सवारी साधन

    झापा / देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको छ ।नीतिगत रुपमा प्रष्टता तथा बिजुलीको सहज उपलब्धताका कारण पेट्रोलियम सवारी साधन छाड्दै क्रमशः विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्ताको आकर्षण बढेको हो । भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो ५ वर्षको अवधिमा झण्डै १४ हजार विद्युतीय सवारीसाधन भित्रिएका छन् । जसमध्ये आर्थिक वर्ष २०७४/७५ मा ५ हजार २३९ विद्युतीय सवारी साधन आयात भएका थिए भने आव २०७५/७६ मा यो सङ्ख्या ४ हजार ७४५, आव २०७६/७७ मा ५७५ मात्रै सवारी साधन भित्रिएका थिए । त्यस्तै आव २०७७/७८ मा विद्युतीय सवारी साधनको आया

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 205 पटक पढिएको
  • साउन १ गतेदेखि नै नयाँ तलबमान र ग्रेड लागू हुने

    झापा / सरकारले साउन १ गतेदेखि नै नयाँ तलबमान र ग्रेड लागू गर्ने निर्णय गरेको छ।सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार साउन २६ मा बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका निजामती कर्मचारीसहित शिक्षकसम्मको नयाँ तलबमान र ग्रेड वृद्धि गर्ने निर्णय गरेको हो । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो । सोहीअनुसार नै नयाँ तलबमान र ग्रेड वृद्धि गरिएको हो।‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, सांसद् सेवा, सामुदायिक विद्यालय शिक्षकको साउन १ देखि लागू हुने गरी नयाँ तलबमान र

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 309 पटक पढिएको
  • आसन्न निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान

    झापा / निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका १० अर्ब खर्च हुने अनुमान गरेको छ ।आइतबार निर्वाचन आयोगले सम्पादकहरुसँगको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित खर्च १० अर्ब हुने बताएका हुन् ।आगामी निर्वाचनमा कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ । मतदानस्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको आयोगले जानकारी दिएको छ ।आयोगले मतदाता शिक्षा कसरी गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा सुझाव मागेको छ । प्रमुख आयुक्त थपलियाले मतदाता शिक्षाका लागि विविधता युक्त सामग्री तयारी, प्रकाशन एवम्

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 184 पटक पढिएको
  • मिटरब्याजी सम्बन्धी समस्या नियन्त्रण गर्न कार्यदल गठन

    काठमाडौँ / सरकारले मिटरब्याज सम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डा. भीष्म भुषालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।कार्यदलको सदस्यमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन् । कार्यदलको सदस्य सचिवमा ब्युर

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 167 पटक पढिएको
  • अर्थ सचिवमा कृष्णहरी र राजस्व सचिवमा रामेश्वर

    झापा / सरकारले अर्थसचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले राजस्व सचिव रहेका पुष्करलाई अर्थमा र रामेश्वर दङ्गाललाई राजस्व सचिवको जिम्मेवारी दिने निर्णय गरेको वनमन्त्री प्रदिप यादवले जानकारी दिए ।यसअघि अर्थसचिव रहेका मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलाई अर्थसचिवको समेत जिम्मेवारी दिइएको थियो ।अर्थसचिवको जिम्मेवारी पाएका पुष्कर एक वर्षअघि देखि राजस्व सचिवको जिम्मेवारी सम्हालिरहेका थिए । उनले सहसचिव हुंदा महानिर्देशक, विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी र दिल्लीस्थित इकनोमिक काउन्सिलरको जिम्मेवारी सम्हालेका थ

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 192 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.