आर्थिक

    Showing 3,381-3,390 of 3,515 items.
  • बजेट : २० हजार लिटर खानेपानी उपयोग गर्दा महसुल छुट

    बिर्तामोड / सरकारले खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले वितरण गर्ने न्युनतम् २० हजार लिटरसम्मको खानेपानी उपयोग गर्दा पुरै महसुलमा छुट दिने घोषणा गरेको छ ।आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 97 पटक पढिएको
  • बजेट : तरकारी ढुवानी गर्दा किसानलाई २५ प्रतिशत अनुदान

    बिर्तामोड /  सरकारले तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।‘फलफूल, दूध र तरकारी, माछा–मासु किसानले नजिकको बजारमा ढुवानी गर्दा लाग्ने भाडामा २५ प्रतिशत अनुदान सरकारले दिनेछ,’ अर्थमन्त्री पौडेलले भने । यस्तै साना किसानलाई धानको बिउ खरिदमा ५० प्रतिशत नगद अनुदान उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 98 पटक पढिएको
  • बजेट : खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

    बिर्तामोड / निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने भएको छ ।आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषण गरेका हुन् । निषेधाज्ञा अवधिभर दुई संस्थाबाट उपभोक्ताले खरिद गर्ने चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट पाइने उनले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 105 पटक पढिएको
  • बजेट : ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

    बिर्तामोड / सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् ।उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए । बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 179 पटक पढिएको
  • बजेट : पशुपति विकास संरक्षणका लागि ३५ करोड विनियोजन

    बिर्तामोड / कोरोना महामारीको बेला धेरै रकम स्वास्थ्य क्षेत्रमा बिनियोजन गर्नुपर्नेमा सरकारको प्राथमिकतामा धार्मिक क्षेत्र परेको छ ।विभिन्न धार्मिक क्षेत्रको बिकासका लागि रकम बिनियोजन गरेको सरकारले हिन्दु धर्मावलम्बीधको आस्थाको केन्द्र पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि ३५ करोड रकम विनियोजन गरेको छ ।राम मन्दिर बनाउनेदेखि सरकारले देशका विभिन्न क्षेत्रमा रहेका धार्मिक क्षेत्रको बिकासका लागि बजेट तय गरेको छ । आगामी वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 127 पटक पढिएको
  • बजेट : हुलाकी राजमार्गले पायो ६ अर्ब ३९ करोड बजेट

    बिर्तामोड / सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो वर्ष हुलाकी राजमार्गका लागि यो बजेट विनियोजन भएको हो ।हुलाकी राजमार्गले तराईका १७ जिल्लालाई छुन्छ । पहाडबाट तराईसम्म खनिएका फेडर रोडलाई पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै हुलाकी राजमार्गमा जोड्ने गरी काम भइरहेको छयो १७ सय ९२.२५ किलोमिटर लामो राजमार्ग हो । यसको पूर्व–पश्चिम खण्ड ९७५ किलोमिटरको छ भने महेन्द्र राजमार्गसँग जोड्ने सहायक खण्ड र सडकहरु ८१७ किलोमिटरका छन् । यो राजमार्गको

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 172 पटक पढिएको
  • बजेट : युवा तथा खेलकुदको बजेट २ अर्ब ७४ करोड

    बिर्तामोड / सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले युवा र खेलकुदतर्फको बजेट ३८ करोड बजेट वृद्धि गरेको छ । चालु आर्थिक वर्षमा युवा तथा खेलकुदको बजेट २ खर्ब ३६ करोड छुट्याइएको थियो ।यस पटक पनि भौतिक पूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन र प्रशिक्षणदेखि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि बजेट छुट्याइएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 118 पटक पढिएको
  • बजेट : शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन

    बिर्तामोड  / सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ ।अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८र७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ ।शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 140 पटक पढिएको
  • बजेट : कृषि क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोज

    बिर्तामोड / सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको बजेट वृद्धि गरेको छ।आगामी वर्षको बजेट सार्वजनकि गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि र पशुपन्छीको क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको जाकनरी दिए । गत वर्ष उक्त क्षेत्रको लागि ४१ अर्ब ४० करोड विनियोजन गरिएको थियो ।सरकारले रासायनिक मलको अनुदानमा दिइँदै आएको अनुदान पनि बढाएको छ। रासायनिक मल खरीद गर्न दिइएको अनुदानमा वृद्धि गरी १२ अर्ब पुर्‍याइएको छ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 148 पटक पढिएको
  • बजेट : शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

    बिर्तामोड / शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 142 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा