आर्थिक

    Showing 3,391-3,400 of 4,499 items.
  • कानुन बमोजिम दर्ता नभएकाे झापाको एक सहकारी संस्थाले पायो २७ लाख अनुदान

    बिर्तामोड  / कृषि ज्ञान केन्द्र झापाले प्रचलित कानुन बमोजिम दर्ता नभएकाे सहकारी संस्थालाई अनुदान दिएको खुलासा भएकाे छ । कृषि ज्ञान केन्द्र झापाले एक सहकारी संस्था लिमिटेडलाई नयाँ ब्लक (तरकारी) मा छनोट गरी संस्थाले पेस गरेको ४४ लाख २३ हजार रुपैयाँ परियोजना प्रस्ताव स्वीकृत गरी २७ लाख ८१ हजार भुक्तानी गरेको महालेखा परीक्षक कार्यालयले हालै सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन म्यानुअलमा कार्यक्रमबाट लगानी गर्दा कृषि कार्य गर्ने उद्देश्यसहित प्रचलित कानुनबमोजिम दर्ता भएका संस्थालाई छनोट गर्नुपर्ने व्यवस्था छ । त

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 221 पटक पढिएको
  • स्मार्ट फोन खरिद गरेको १३ लाख फिर्ता गर्न बुद्धशान्ति गाउँपालिकालाई महालेखाको निर्देशन

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन तथा पदाधिकारीको सेवासुविधासम्बन्धी ऐनलाई मिच्दै १४ जना पदाधिकारी र कर्मचारीलाई १३ लाख रुपैयाँ बराबरको स्मार्ट फोन खरिद गरेको पाइएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७७/७८ मा १३ लाख ९ हजार रुपैयाँ बराबरको स्मार्ट फोन किनेर पदाधिकारी र कर्मचारीलाई बाँडेको महालेखापरीक्षकको लेखा प्रतिवेदनले देखाएको छ । गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियम विपरीत पालिकाको कोषबाट किनेको उक्त स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने भएको छ।गाउँपालिकाको आयलाई प्रभावित पार्नेगरि खरिद गरिएको उक्त मोबाइल फोन बापतको रकम सम्बन्धित पदाधि

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 1,590 पटक पढिएको
  • शुरु भयो डन्डीको पनि भारत निर्यात : श्री स्टिल्सले खोल्यो ढोका

    झापा / बिग्रँदो अर्थतन्त्र सुधारका लागि कुनै कदम नचालेको भन्दै आलोचना भइरहको बेला सरकारले स्वदेशी उत्पादन अन्य मुलुकमा निर्यात गर्दा अनुदान दिएसँगै सिमेन्ट पछि नेपालबाट पहिलो पटक फलामे रड पनि भारतमा निर्यात भएको छ । रूपन्देहीको रोहिणी गाउँपालिका –३ सेमरहवामा रहेको श्री स्टिल्स प्रालिले बुधबारदेखि भारतमा स्टिल्स निर्यात गरेको हो ।चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, प्रशोधित पानी र जुत्ताचप्पलमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था ल्याइएसँगै पहिलोपटक श्री स्टिलले डन्डी निकासी गरेको हो ।उद्योगले भारतको उत्तर प्रदेशमा पहिलो पटक बेलहिया नाका हुँदै पहिलो चरणमा आज करिब ३५ टन टिएमटी

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 413 पटक पढिएको
  • १३ साउनमा आईपीओ निष्कासन गर्दै सयपत्री हाइड्रो

    काठमाडौं / सयपत्री हाइड्रोपावरले साउन १३ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्ने भएको हो ।कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । सर्वसाधारणले साउन १७ गते सम्म आईपीओका लागी आवेदन दिन सक्ने छन् । आईपीओको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ ।

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 178 पटक पढिएको
  • आज सेयर बजार परिसूचक १६ अङ्क बढ्यो

    झापा / आज सेयर बजार परिसूचक १६ अंकले बढेको छ । मङ्गलवारको कारोबारमा बजार परिसूचक १६.२० अङ्कले बढेको हो ।  सोमबारको कारोबारमा १८ अंकले बढेको बजार आजको कारोबारमा पनि सकारात्मक भएको छ। बजार परिसूचक १६.२० अंक बढेर २०४५.६३ मा उक्लिएको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स २.८० अंक बढेर ३९१.५६ अंकमा उक्लिएको छ। बढ्दो बजारमा आज कारोबार भएका १४६ कम्पनीका सेयर मूल्य बढ्दा २९ कम्पनीको सेयर मूल्य घटेको छ। २१३ कम्पनीको २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ५७ लाख १३ हजार २४८ कित्ता सेयर ३७ हजार ९७२ पटकमा खरिद बिक्री भएको थियो।उप–समूहतर्

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 132 पटक पढिएको
  • ऊर्जामा लगानीकर्ताको उच्च आकर्षण : पौने २ खर्बमा ४९ नयाँ आयोजना बन्दै

    झापा / पछिल्लो सयमा जलविद्युतमा लगामा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । सरकारका साथै निजी क्षेत्रका व्यवसायीहरूले पनि धमाधम हाइड्रोपावरमा लगानी गरिरहेका छन् ।एकपटक लगानी गरिसकेपछि निरन्तर आम्दानी हुने, उत्पादित बिजुली खेर गए पनि सम्झौता अनुसार पैसा आउने, नेपालमा खपत नभए विदेशसम्म निर्यात गर्न सक्ने लगायत कारणले हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढेको हो । साथै, सरकारले जलविद्युतमा लगानी गर्नेलाई विभिन्न सहुलियत तथा छुट दिएकाले पनि लगानीकर्ता आकर्षित भएका हुन् । हाल निजी लगानीका १२० बढी हाइड्रोपावर निर्माणधीन अवस्थामा रहेका छन् भने सरकारी लगानीका आधा दर्जन आयोजना निर्माण भइरहेका छन् । नेपाल

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 164 पटक पढिएको
  • सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढ्यो

    काठमाडौं  / नेपाली बजारमा सोमबार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको हो । त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २, २०७९
    • 140 पटक पढिएको
  • सरकारले दियो आयल निगमलाई सात अर्ब ऋण

    काठमाडौँ / सरकारले नेपाल आयल निगमलाई ७ अर्ब ऋण दिने भएको छ ।भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने रकम अभाव भएपछि गत ३१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले निगमलाई उक्त ऋण उपलब्ध गराउने निर्णय गरेको हो ।शुक्रबारको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थ खरिदमा समस्या परिरहेकोले ऋण तिर्ने सीमा ५ वर्ष राखेर निगमलाई रकम उपलब्ध गराएको जानकारी दिए ।त्यसैगरी सरकारले पूर्वाधार करबाट समायोजना भएको ५९ करोड ८६ लाख रकम अनुदान स्वरुप उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णयसमेत गरेको

    • प्रकाशित मितिः साउन १, २०७९
    • 139 पटक पढिएको
  • घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

     काठमाडौँ  / भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई ३२ असार (जुलाइ १६ तारिख) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र पेट्रोलको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेल प्रतिलिटर १६.५६ रुपैयाँ घटेर आएको छ । हाल निगमले प्रतिलिटर पेट्रोलको १८१ रुपैयाँ, डिजेल र मट्टितेल १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १९० रुपै

    • प्रकाशित मितिः साउन १, २०७९
    • 288 पटक पढिएको
  • विश्वभर बढ्दो आर्थिक संकट : यी १२ देश टाट पल्टिने सूचीमा

    काठमाडौँ / दक्षिण एसियाली मुलुक श्रीलंका स्वतन्त्र भएपछि पहिलोपटक टाट पल्टिएर इतिहासकै गहिरो आर्थिक सङ्कटमा फसेको छ ।समस्या यति जटिल छ कि आर्थिक सङ्कटका कारण उत्पन्न खाद्यान्न, औषधि र इन्धन जस्ता अत्यावश्यक वस्तुको अभावका कारण सडकमा उत्रेका आक्रोशित प्रदर्शनकारीको सामना गर्न नसकेर श्रीलङ्काका राष्ट्रपति देश छोडेर भागेका छन् ।प्रदर्शनकारीले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई नियन्त्रणमा लिएका छन्। आक्रोशित प्रदर्शनकारीले सरकारी निवासमा नै कब्जा गरेपछि राष्ट्रपति फरार हुन बाध्य भएका हुन्। उनी अहिले मालदिभ्स हुँदै सिङ्गापुरमा निर्वासनमा पुगिसकेका छन्। यी सबका बीच जनता सडकमा उत्र

    • प्रकाशित मितिः साउन १, २०७९
    • 156 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.