आर्थिक

    Showing 3,451-3,460 of 4,141 items.
  • पैसा लिएर दलाल सम्पर्कविहीन भएपछि ..........

    झापा / इलाम सूर्योदय–८ कजेनीका रामकुमार प्रधानले छोरालाई युरोप पठाउने ऋण लिएर ३ लाख ५० हजार रुपैयाँ दलाललाई बुझाए । पैसा लिएपछि दलाल सम्पर्कविहीन भए। तीन वर्षअघि लिएको सोही ऋणको ब्याज तिर्न नसकेर प्रधान समस्यामा परेका छन् ।  प्रधानले चिनजानका भरमा बिना कागजात  तीन वर्षअघि झापा सुरुंगा –५ का प्रदीप पौडेललाई पैसा बुझाएका थिए । विदेश पठाउन भन्दै पौडेलले युवाहरूबाट १ लाख ५० हजारदेखि ३ लाख ५० हजारसम्म उठाएर फरार भएको  उनको दाबी छ । छोरालाई युरोपमा राम्रो काम लगाउने आश्वासन पाएपछि प्रधानले धेरै हातहातै र केही मनी ट्रान्सफरबाट पठाए । मेचीनगर–६ का प्रदीप भण्डारीले पनि आफूबाट पौडेलल

    • प्रकाशित मितिः माघ २२, २०७८
    • 153 पटक पढिएको
  • जाल्पा लघुवित्तको आईपिओ खुल्यो

    काठमाडौं / जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज शुक्रबारबाट आईपीओ निष्काशन बिक्रि खुला गरेको छ ।कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जसमा ८ हजार कित्ता कर्मचारीका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले ४ लाख ८७ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सकिनेछ ।आईपिओमा माघ २५ गतेसम्म आ

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 108 पटक पढिएको
  • बजारमा आज सुनचाँदी प्रतितोला कति ?

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ , भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम थियो । चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य १ हजार २५५ रुपैयाँ कायम भएको थियो । 

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 145 पटक पढिएको
  • मेलम्ची बाढीबाट क्षतिग्रस्त विद्यालयका लागि १२ लाख सहयोग

    सिन्धुपाल्लचोक / गत असार १ गते र त्यसपछिका दिनमा आएको बाढीका कारण भौतिक संरचनामा आंशिक क्षति भई उच्च जोखिममा रहेको मेलम्ची नगरपालिका- ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयलाई अत्याधुनिक प्रविधियुक्त फिल्टरसहितको शुद्ध पिउने पानी व्यवस्थापन गरेर विद्यालयको भौतिक पुनःव्यवस्थापनका निम्ति रु १२ लाख २५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।मेलम्ची–४ थकनी निवासी हाल इटालीमा बस्दै आउनुभएका रवीन्द्र अर्यालको संयोजनमा गरिमा भोयज ट्राभल एण्ड टुर्स प्रालि र न्यूभिजन नेपालमार्फत उक्त सहयोग हस्तान्तरण गरिएको हो ।बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल एवं मेलम्ची–६ का वडाध्यक्ष जीतराज थापा र न

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 130 पटक पढिएको
  • शेयर बजारमा पुनः गिरावट

    बिर्तामोड / साताको अन्तिम दिन बिहीबार शेयर बजारमा पुनः गिरावट आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओरालो लागेर २८ सय ७६ कामय भएर थामिएको छ ।यो साता बजारमा तीब्र उतार चढाव आएको छ । साताभर एक दिन उच्च दरले बढ्ने र अर्को दिन उसैगरी घट्ने क्रम जारी रह्यो । यस दिन कारोबार भने उल्लेख्य दरले बढेर साढें ८ अर्ब माथि पुगेको छ । यस दिन जलविद्युत र निर्जीबन बीमा समूह सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागेका हुन् ।जीवन बीमा समूह सबैभन्दा उच्च पौने २ सय अंकले झरेको छ । अरु पनि अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहेका छन् । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २४ कम्पनीको १ करोड ५७ ल

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 105 पटक पढिएको
  • फेरी बढ्यो सुनको मूल्य

    काठमाडौँ / नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार भने छापावाल सुन प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।आज तेजावी सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही मूल्यमा किनबेच भएको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 107 पटक पढिएको
  • नेपाल – बंगलादेश व्यापार हालसम्मकै कमजोर

    काठमाडौँ / दुई दशक बढीको इतिहासमा नेपाल – बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । सात वर्षअघिसम्म बचतमा रहेको बङ्गलाबन्ध नाकाको व्यापार अहिले निरन्तर ऋणात्मक हुँदै हालसम्मकै कमजोर अवस्थामा पुगेको हो ।चालू आर्थिक वर्षको ६ महिनामा नेपालले बङ्गलादेशमा हालसम्मकै न्यून निर्यात गरेको मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख केशवराज ओलीले बताए । उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले ७ लाख ९० हजार रुपैयाँ बराबरको सामाग्री निर्यात गरेको छ । तर, यो अवधिमा बङ्गलादेशबाट भने २ अर्ब ६० करोड ९२ लाख रुपैयाँ बराबरको सामाग्री आयात भएको भन्सार प्रमुख ओली बताउँछन्

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 95 पटक पढिएको
  • कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

    गलकोट / नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको हो । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिएका छन् ।उनले व्यवस्थित कार्यालय, दक्ष कर्मचारी व्यवस्थापन, प्रत्येक सदस्यको अभिलेखीकरण, समाजिक सञ्जालमा अपडेट, नियमित बुलेटिन प्रकाशन, इतिहासको खोजी, भविष्यको परिकल्पना, प्रभावकारी सञ्चार, प्रशिक्षण कार्यक्रम सञ्चालन, जनता र विकास जोड्ने अभियान सञ्चालन, भातृ

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 95 पटक पढिएको
  • सुनको मूल्य ३सयले बढ्यो

    काठमाडौं / साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सयले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 67 पटक पढिएको
  • आज सेयर कारोबार नहुने

    काठमाडौं / साताको चौथो दिन बुधबार सेयर बजार बन्द हुनेछ । आज बुधबार तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होछार पर्व परेकाले सरकारले सार्वजनिक बिदा दिए सँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ ।अब भोलि बिहीबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक १९.२९ अंकले बढेर २८ सय ९१.३३ बिन्दुमा अडिएको छ । जसमा ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 89 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.