आर्थिक

    Showing 3,461-3,470 of 4,499 items.
  • समयमा काम नगर्ने २२ ठेकेदार कम्पनी कालोसूचीमा

    काठमाडौं / सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न आयोजनाको निर्माण कार्य समयमा सम्पन्न नगर्ने २२ निर्माण व्यवसायीलाई कालोसूचीमा राखिदिएको छ । खरिद कार्यालयले बिहीबार एक सूचना जारी गर्दै सार्वजनिक निकायहरूको सिफारिसमा आएका निर्माण कम्पनीहरूले आयोजनाको काम समयमा सम्पन्न नगरेको पाइएपछि एक वर्षको लागि कालोसूचीमा राखिएको उल्लेख छ।कालोसूचीमा पर्ने कम्पनीहरूमा पी यू कन्स्ट्रक्सन, डीडी कन्स्ट्रक्सन, न्यु कालिका निर्माण सेवा, सिदार्थ ढुवानी सेवा, देवाती ढुवानी सेवा, एसएमटी खड्का निर्माण सेवा, शिव कन्स्ट्रक्सन, राप्ती निर्माण सेवा, महाकाली गौरव बिल्डर्स र हिरोज कन्स्ट्रक्सन रहेका छन्।यसैगरी वाइल्

    • प्रकाशित मितिः असार २, २०७९
    • 124 पटक पढिएको
  • सडक र पुल निर्मणका लागि ५ अर्ब बजेट विनियोजन

    विराटनगर /  प्रदेश १ मा सडक र पुल निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ।प्रदेश १ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले निर्माण गरिरहेको ६६ वटा प्रादेशिक लोकमार्ग, सडक र रणनीतिक सडकको निर्माण सम्पन्न हुने बताए। उनले यसै वर्ष  थप १५ वटा सडकलाई प्रदेश लोकमार्गमा स्तरोन्नति गरेको घोषणा गरेका छन्।प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशका १४ वटा जिल्लामा १०० वटा झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेको छ। त्यसका लागि आगामी वर्षका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ।पहाडी र अति दुर्गम क्षेत्रमा १२ महिना नै यातायात सञ्चालन

    • प्रकाशित मितिः असार १, २०७९
    • 126 पटक पढिएको
  • प्रदेश १ सरकारले अब किसानलाई दूधमा प्रतिलिटर २ रुपैयाँ अनुदान दिने

    विराटनगर / प्रदेश १ सरकारले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने भएको छ । प्रदेश १ प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने बताएका हुन् । प्रदेश सरकारले ‘उत्पादनमा आधारित प्रोत्साहन’ कार्यक्रम लागू गर्न १२ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै एकीकृत बजारीकरण मोडल अनुसार नमुना कार्यक्रम सञ्चालन गर्ने र स्वरोजगार हुन चाहने युवाका लागि तरकारी, च्याउ, मह उत्पादनका लागि प्रोत्साहन गरिने आङ्बोले बताए ।

    • प्रकाशित मितिः असार १, २०७९
    • 140 पटक पढिएको
  • कृषि क्षेत्रमा २ अर्ब ५९ करोड रुपैयाँ विनियोजन, कुन शीर्षकमा कति ?

    विराटनगर / प्रदेश १ सरकारले कृषि क्षेत्रका लागि २ अर्ब ५९ करोड २३ लाख बजेट विनियोजन गरेको छ । प्रदेश १ प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले कृषि क्षेत्रका लागि २ अर्ब ५९ करोड २३ लाख बजेट विनियोजन गरेको बताएका हुन् । खाद्यान्न उत्पादनको उत्पादकत्व वृद्धि गर्न धान, मकै, दलहन र रैथाने बाली उत्पादन कार्यक्रम सञ्चालनका लागि लागि १३ करोड, प्राङ्गारिक मल उत्पादन गर्न ३ करोड, प्राङ्गारिक मल प्रयोग प्रोत्साहनका लागि १ करोड रकम विनियोजन गरेको आङ्बोले उल्लेख गरे । यस्तै बाली र पशुपक्षी बीमाका लागि प्रोत्साहन गर्न ३ करोड, कृषि क्षेत्रको विकासका

    • प्रकाशित मितिः असार १, २०७९
    • 113 पटक पढिएको
  • कृषि विकासका लागि प्रदेश १ ले ल्यायो १० वर्षे कृषि नीति

    विराटनगर / प्रदेश १  सरकारले कृषिको विकास गर्न १० वर्षे कृषि नीति बनाउने भएको छ। प्रदेश १ सरकारको बजेट प्रस्तुत गर्दै प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले कृषि क्षेत्रबाट प्रदेशमा स्वरोजगार निर्माण गर्न कृषि नीति बनाउन लागिएको बताए। अहिलेसम्म कृषिको ठोस आवधिक योजना नभएका कारण समस्या परेको भन्दै आङ्बोले कृषिका लागि आवश्यक बजेट विनियोजन गरेको बताए।

    • प्रकाशित मितिः असार १, २०७९
    • 142 पटक पढिएको
  • प्रदेश १ बजेट : स्थानीय तहका लागि ३ अर्ब रुपैयाँ विनियोजन

    झापा  / प्रदेश १ सरकारले स्थानीय तहलाई ३ अर्ब बढी रकम हस्तान्तरण गर्ने बताएको छ । प्रदेश १ प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले स्थानीय तहलाई ३ अर्ब बढी रकम हस्तान्तरण गर्ने बताएका हुन् । आङ्बोले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वापत १ अर्ब रुपैयाँ र समपूरक अनुदानतर्फ १ अर्ब ३७ करोड विनियोजन गरेको बताए । त्यस्तै राजस्व बाँडफाँडमा ८८ करोड हस्तान्तरण हुने उनले बताए ।

    • प्रकाशित मितिः असार १, २०७९
    • 160 पटक पढिएको
  • आदर्श लघुवित्तको आईपीओ खुल्यो

    झापा / आदर्श लघुवित्तले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।आदर्श लघुवित्तले निष्काशन गरेको साधारण सेयर ६७ हजार कित्तामध्ये १ हजार ३५ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी रहेको ६२ हजार ६१५ कित्ता सेयरका लागि पनि सर्वसाधारणसँग आवेदन माग गरेको हो ।आईपीओमा छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन

    • प्रकाशित मितिः असार १, २०७९
    • 134 पटक पढिएको
  • प्रदेश १ सरकारले आज झण्डै ३८ अर्ब बराबरको बजेट ल्याउँदै

    झापा  / प्रदेश १ सरकारले आज बुधबार बजेट सार्वजनिक गर्दैछ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले हरेक आर्थिक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ।सोही प्रावधान अनुसार प्रदेश १ सरकारले आज (असार १ गते) बुधबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजानिक गर्ने भएको हो ।प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट प्रस्तुत गर्नेछन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब भन्दा माथिको बजेट ल्याउने अनुमान गरिएको छ । बजेटमा कृषि र साना उद्योग क्षेत्रलाई प्राथमिकतामा दिइएको बताइएको छ ।&nbs

    • प्रकाशित मितिः असार १, २०७९
    • 186 पटक पढिएको
  • घट्यो सुनको भाउ, प्रतितोला कति ?

    झापा / नेपाली बजारमा आज (बुधबार) पनि सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ मङ्गलबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँमा झरेको छ। महासङ्घका अनुसार बुधबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ। 

    • प्रकाशित मितिः असार १, २०७९
    • 129 पटक पढिएको
  • आज सातै प्रदेशको बजेट घोषणा हुँदै, कुन प्रदेशको बजेट कत्रो ?

    झापा / सात वटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछन्। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार देशका सबै प्रदेशले हरेक आर्थिक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ।सोही प्रावधान अनुसार आज सबै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन्। सबैजसो प्रदेश सरकारले सार्वजनिक गर्न लागेको बजेटमा धेरैजसो चालु आर्थिक वर्षकै कार्यक्रम तथा योजनालाई प्राथमिकतामा राखेका छन्। प्रदेश १ सरकारले सार्वजनिक गर्न लागेको बजेट झन्डै ३८ अर्ब रुपैयाँ बराबरको छ भने मधेस प्रदेश सरकारले झन्डै ३४ अर्बको बजेट ल्याउने तयारी गरेको

    • प्रकाशित मितिः असार १, २०७९
    • 116 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.