आर्थिक

    Showing 3,491-3,500 of 4,499 items.
  • आज बजेटमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्मा

    काठमाडौँ / प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।मङ्गलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल शुरु भएको थियो । उक्त छलफलमा सांसदहरूले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए ।

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 131 पटक पढिएको
  • स्थानीय तहले पाए ३ खर्ब बजेट, कसलाई कति ?(सूचीसहित)

    काठमाडौँ  / आगामी आर्थिक वर्ष २०७९/८० मा अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत् स्थानीय तहहरूले ३ खर्ब ३७ करोड १६ लाख बजेट प्राप्त गरेका छन् ।जसमध्ये स्थानीय तहहरूले समानीकरण अनुदान अन्तर्गत १ खर्ब २३ करोड बजेट पाएका छन् भने सशर्त अनुदानतर्फ १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने छन् । 

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 168 पटक पढिएको
  • बजेटपछि सेयरबजार लगातार ओरालो

    काठमाडौँ / संसद्मा बजेट प्रस्तुत भएपछि लगातार घटिरहेको सेयर बजार बिहीबार पनि ओरालो लागेको छ । मंगलबार र बुधबार भारी अङ्कले घटेको सेयर बजार बिहीबार नेप्से १८.२६ अङ्कले घटेर २११२.४७ विन्दुमा झरेको हो। सेन्सिटिभ सूचक पनि ३.८१ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज सेयरबजारमा २२७ कम्पनीको कारोबार भएको छ। जसमा ३५ लाख ६६ हजार कित्ता १ अर्ब १६ करोडमा बिक्री भएको छ। दिनभरिमा २१ हजार ८ सय ३३ पटक खरिदबिक्री भएकोमा १३ मध्ये सामूहिक लगानी कोषबाहेक बाँकी समूहको सूचकहरू घटेका छन्। सेयरबजारलाई सुधार गर्न विभिन्न कार्य गर्ने बजेटमार्फत बताए पनि आज लगातार चौथो दिन नेप्से घटेको

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 116 पटक पढिएको
  • सौन्दर्य प्रसाधन वस्तुको मूल्यवृद्धि हुने : १०५ ले बढ्यो अन्तःशुल्क 

    काठमाडौं / सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत् सौन्दर्य प्रसाधन वस्तुको आयातमा १० प्रतिशत अन्तशुल्क बढाएको छ ।सरकारले आयातलाई कडाइ गर्दै सौन्दर्य प्रसाधन वस्तुको आयातमा ५ प्रतिशत रहेको अन्तशुल्कलाई बढाएर १५ प्रतिशत पुर्याएको हो ।सरकारले आगामी आर्थिक वर्षको विद्येयकमा लिपस्टिक, आइ मेकअपका वस्तु, नङपालिस, पाउडर, अनुहारमा लगाउने क्रिम, शरीरमा लगाउने लोसन, छालाको सुरक्षाका लागि प्रयोग गरिने खुद्रा बिक्री प्याकमा रहेको पेट्रोलियम जेली र स्याम्पुमा १० प्रतिशत अन्तशुल्क बढाएको हो । त्यसैगरी, सरकारले कपालमा लगाउने तेल, रङ, क्रिम, कन्डिसनर जस्ता वस्तुको आयातमा ५ प्रतिशत अन्तशुल्क बढाएर १०

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 156 पटक पढिएको
  • आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची, पेट्रोल लिटरमै ८ रुपैयाँ बढेर आयो

    काठमाडौँ  / भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढाएर इन्धनको नयाँ मूल्य सूची पठाएको छ ।आईओसीले बुधबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा ले बढेको हो । त्यस्तै डिजेल, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार डिजेलको प्रतिलिटर ७ रुपैयाँ ४ पैसा, खाना पकाउने ग्याँसकाे प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसाले घटेको छ । नयाँ मूल्य पछि पनि निगमलाई मासिक घाटा ६ अर्ब १५ रुपैयाँ पुग्ने पनि निगमको प्रक्षेपण छ । आईओसीलाई

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 147 पटक पढिएको
  • विदेशी बिस्कुट, चकलेट र इनर्जी ड्रिंक्समा राजस्व वृद्धि

    झापा / सरकारले विदेशबाट आयात हुने बिस्कुट, कन्फेक्सनरी र इनर्जी ड्रिङ्क्समा राजस्व बढाइएको छ। स्वदेशी उद्योगको संरक्षण गर्न सरकारले यी तीन वस्तुको राजस्व बढाएका हुन्।बिस्कुटमा भएको भन्सार महसुल ४० प्रतिशतलाई यथावत् राखिएको छ। र, शून्य प्रतिशत रहेको अन्तःशुल्कलाई १५ प्रतिशत बनाइएको छ। अब विदेशी बिस्कुट थप १५ प्रतिशत महँगो हुने भएको छ।त्यस्तै कन्फेक्सनरीको भन्सार महसुल ४० प्रतिशतलाई जस्ताको तस्तै राखिएको छ। र, यसमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्कलाई १५ कायम गरिएको छ। आयात रोक लगाइएको इनर्जी ड्रिङ्क्सको भन्सार महसुल र अन्तःशुल्क दुवै वृद्धि गरिएको छ।यसमा प्रति लिटर ७५ रुपैयाँका दरले भन्सार महसुल

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 126 पटक पढिएको
  • उत्पादन बढाउन अग्रसर बन्दै सरकार : अनुदान नै अनुदानले बढ्ला त उत्पादन ?

    काठमाडौं / सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा आयात कम गर्ने र स्वदेशी उत्पादन बढाउने भन्दै कृषि क्षेत्रमा विभिन्न कार्यक्रमको घोषणा गरेको छ । सरकारले अनुदानको व्यवस्था गर्दै कृषिलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो । सरकारले आगामी वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयतर्फ ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ भने चालु आर्थिक वर्षको भन्दा १० अर्ब ८८ करोड रुपैयाँले वृद्धि भएको हो ।अर्थमन्त्री शर्माले कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यस क्षेत्रको व्यावासीकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने बताएका छन् ।यस्तै, सरकारले कृषि क्षेत्रमा उत्पादकत्व बढ

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 149 पटक पढिएको
  • भवन निर्माणको मापदण्ड संशोधन : जग्गा भन्दा साढे ४ गुणा ठूलो भवन बनाउन पाइने

    काठमाडौं / देशका विभिन्न शहरी क्षेत्रमा 'भर्टिकल लिभिङ' लाई प्रोत्साहित गर्ने गरी भवन निर्माणको मापदण्ड संशोधन गरेको छ ।काठमाडौं उपत्यका लगायतका प्रमुख शहरी क्षेत्रमा पर्याप्त खाली जग्गा पाउन मुस्किल हुँदै गएपछि ‘भर्टिकल लिभिङ’ अर्थात् बहुतले भौतिक संरचना निर्माण गर्न सहयोग हुने गरि भवन निर्माण मापदण्ड संशोधन गरेको हो ।संशोधित मापदण्डले शहरी क्षेत्रमा फ्लोर एरिया रेसियो (फार) ४ दशमलब ५ सम्म कायम गरेको । थोरै जग्गामा पनि यसअघिको भन्दा ठूलो क्षेत्रफलको भवन बन्न सक्ने भएको छ । जमिनको हिस्सा संरचनाले ढाक्न पाउने (ग्राउन्ड कभरेज) क्षेत्रफल यथावत राखेर भुइँ क्षेत्र अनुपात बढाएको

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 149 पटक पढिएको
  • डिजेल र पेट्रोलमा लाग्ने गरेको पूर्वाधार कर घट्यो

    काठमाडौं / सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएसँगै डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजन हुने भएको छ । डिजेल र पेट्रोलमा लिटरमा १० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालयले जनाएको छ । पछिल्लो पटकको मूल्य वृद्धि भएपछि पेट्रोलमा सरकारले एक लिटरको ६३ रुपैयाँ २३ पैसा कर सरकारले लिने गरेको थियो । डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर लाग्छ उठाउने गरेको छ भने मट्टीतेलमा १३ रुपैयाँ ६६ पैसा कर लाग्ने गरेको छ ।खाना पकाउने ग्यासमा ३२७ रुपैयाँ ३७ पैसा राजश्व सरकारले उठाउने गरेको छ भने हवाइ इन्धन आन्तरिकमा २३ रुपैयाँ ३२ पैसा र बाह्यतर

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 397 पटक पढिएको
  • चुनावपछि बढ्यो बैंकहरूमा निक्षेप

    काठमाडौँ / स्थानीय तहको चुनावपछिको दुई सातामा वाणिज्य बैंकहरूमा १३ अर्ब निक्षेप थप भएको छ । वैशाख ३० गतेसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा जेठ १३ गतेसम्म आउँदा ४३ खर्ब ८३ अर्ब पुगेको नेपाल बैङ्कर्स एसोसिएसनले जनाएको छ ।  चुनाव सकिए पछिको पहिलो साता निक्षेप ७ अर्ब बढेको थियो भने आर्थिक वर्षको अन्त्यतिर सरकारी खर्च समेत बढेकाले बैंकको निक्षेपमा सुधार आएको हो । त्यस्तै, एसोसिएसनको तथ्यांक अनुसार जेठको दुई सातामा ७ अर्ब थप कर्जा प्रवाह भएको छ भने वैशाख ३० गतेसम्म ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा जेठ १३ गतेसम्म ४१ खर्ब ९८ अर्ब पुगेको छ ।

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 112 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.