आर्थिक

    Showing 3,531-3,540 of 4,141 items.
  • दैनिक छ करोडको तरकारी आयात

    काठमाडौँ /  नेपालमा दैनिक करिब छ करोड रुपियाँ बराबरको तरकारी भित्रिने गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्याङ्कमा यस्तो उल्लेख छ ।आव २०७८/७९ को साउनदेखि मङ्सिरसम्ममा आठ अर्ब ५९ करोड रुपियाँ बराबरको तरकारी आयात गरेको छ ।यस अवधिमा नेपालले सबैभन्दा धेरै आलुको आयात गरेको छ भने आलु खरिदमा मात्रै नेपालबाट पाँच अर्ब २७ करोड रुपियाँ बाहिरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । यस्तै सो अवधिमा दुई अर्ब ४७ करोडको प्याज, १८ करोड ६६ लाखको गोलभेँडा, ३७ करोड ४१ लाखको हरियो लसुन, सात करोड १७ लाखको च्याउ पनि यस अवधिमा नेपाल भित्रिएको छ ।विभागका अनुसार एक

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 124 पटक पढिएको
  • बढेको ब्याजदर फिर्ता लिन बैंकलाई महासङ्घको आग्रह

    काठमाडौँ  / नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ ।महासङ्घका अध्यक्ष नरेश कटुवालले शुक्रबार एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै उक्त ब्याजदर तत्काल फिर्ता लिन माग गरेका हुन्। ‘बैंकको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको छ’, अध्यक्ष कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।उनले कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनः बैंकको ब्याजदरका कारण समस्या खेपिरहेको बताए । उद्योग व्यवसाय गर्नेहरूले अहिले बैंकबाट सहज तरिका

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 120 पटक पढिएको
  • आजदेखि ५ सयको नयाँ नोट बजारमा

    काठमाडौं  / आजदेखि ५०० दरका नयाँ नोट बजारमा आएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर भएका ५०० दरको नयाँ नोट चलनचल्तीमा आएको हो ।नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागको अनुसार रु ५०० दरका पुरानै आकार तथा रंगमा, सङ्केत नं ६/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म नोट चलनचल्तीमा आएको हो ।३.५ मि.मी चौडा रहने नोटको अन्य डिजाइन तथा अक्षरहरू पुरानो जस्तै रहने बैंकले जनाएको छ । सगरमाथा हिमालको दायाँतर्फ अण्डकारभित्र रङ्ग परिवर्तन हुने कुबेरको चित्र रहने बैंकको भनाई छ ।

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 132 पटक पढिएको
  • सुनको मूल्य घट्यो

    बिर्तामोड / सुनचाँदी बजारमा आज(शुक्रबार)  छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९३ हजार १०० मा आएको छ ।पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार ८०० तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २६०मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 103 पटक पढिएको
  • पाँच महिनामा सात खर्ब ३५ अर्ब पुग्यो नेपालको व्यापार घाटा

    झापा / चालु आर्थिक वर्षको पाँच महिनामा मूलकको व्यापार घाटा ७ खर्ब ३५ अर्ब पुगेको छ । भन्सार विभागकाअनुसार गत साउनदेखि मंसिर मसान्तसम्ममा व्यापार घाटा ७ खर्ब ३५ अर्ब पुगेको हो । पाँच महिनाको अवधिमा कुल ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँको वस्तु आयात भएको छ भने १ खर्ब २ अर्ब ९२ करोडको निर्यात भएको छ । व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा ५४.७० प्रतिशतले बढी हो । आयात ५९.५५ प्रतिशतले बढेको छ भने निर्यात १०५ प्रतिशतले बढेको छ । कच्चा सोयाबिन र पाम तेल ल्याएर नेपालमा प्रशोधन गरी बाहिरिने गरेको छ । जसले गर्दा निर्यातको वृद्धिदर उच्च देखिएको हो यसको व्यापार घाटामा भने योगदान देखिएको छ

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 105 पटक पढिएको
  • नेपाली बजारमा आज सुनचाँदीको मूल्य कति ?

    झापा / नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर छापावाल सुन ९३ हजार ३०० पुगेको छ । हिजो ९२ हजार ६०० मा किनबेच भएको थियो ।  महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला  ९२ हजार ८०० कायम भएको छ । तेजाबी सुन मूल्य हिजो प्रतितोला ९२ हजार १०० थियो ।  त्यस्तै चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 97 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरणका ‘बिचौलिया’ सुवेदी दम्पती पक्राउ

    काठमाडौँ / बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भूमाफिया भनी किटान गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन् । लामो समयदेखि फरार रहेका उनीहरूलाई हिजो मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँका छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए । महतोका अनुसार माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको हो । उनहरू अहिले सीआईबीको नियन्त्रणमा छन् ।ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकार सुवर्णशम्शेर परिवार नातेदारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदी बिचौलियाक

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 114 पटक पढिएको
  • चार सय रुपैयाँले घट्यो सुनको मूल्य

    झापा / आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । हिजो (मंलबार) प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलाको चार सय रुपैयाँले घटेर आज (बुधबार) प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तेजाबी सुन हिजो प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने आज (बुधबार) प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २४५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 128 पटक पढिएको
  • सुकुम्बासी बस्तीलाई ऋण लिएर पनि व्यवस्थित गर्छु : मन्त्री झाँक्री

    झापा : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकाका ३२ वटा सुकुम्बासी बस्तीलाई सरकारले बजेट निकासा नगरे ऋण खोजेर भए पनि  व्यवस्थित गर्ने बताएकी छन् ।संरचना निर्माणका लागि यसै वर्ष प्रक्रिया अघि बढाउने उनले बताइन् ।उनले भनिन्, ‘काठमाडौंका विभिन्न ३२ सुकुम्बासी बस्ती व्यवस्थित गर्ने कार्यक्रम ल्याउँछु, बजेट निकासा नभए सहयोग र ऋण खोजेर भए पनि व्यवस्थित गर्छु, तर वास्तविक सुकुम्बासी हो होइन, यसको छानबिन चाहिँ हुनुपर्छ ।’सरकारको लालपुर्जा दिने अवधारणा गलत रहेको भन्दै सबैलाई लालपुर्जा दिन नसकिने मन्त्री झाँक्रीले बताइन् ।उनले भनिन्, ‘मेरो जीवनमै आवाजविहीन वर्गको मुद्दा बोक्ने हो, वा

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 107 पटक पढिएको
  • स्वरोजगार बन्दै बाँकेका दलित महिला

    राँझा / बाँकेको बैजनाथ गाउँपालिका –१ गाभर निवासी पदमीकला कामीले पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिक रूपमा कृषि पेशामा होमिएकी छन्।अहिले उनको फार्ममा ४२ बाख्रा, छ हजार कुखुरा र हाँस छन्। बाख्रा, कुखुरा, हाँसपालन गरेरै जीविकोपार्जन गर्दै आएको उनले बताइन।लोकल र कडकनाथ जातको कुखुरा खरिद गर्न व्यापारी घरमै पुग्ने गरेको उनले जानकारी दिइन्। गाभर दलित महिला समूहमा आवद्ध उनले आफूसहित घरका चार जनालाई कामले भ्याइनभ्याई हुने गरेको बताइन्।बाख्रा चराउन, घाँस काट्न, कुखुरालाई दानापानी खुवाउने कामले फुर्सद नै हुँदैन। हामीले घरमै स्थानीय चारो बनाएर कुखुरापालन गर्दै आएका छौुं, पदमीकलाले भनिन।खजुरा गाउँपालिका –

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 103 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.