आर्थिक

    Showing 3,551-3,560 of 4,141 items.
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६८ पैसा र बिक्री दर १२२ रुपैयाँ २८ पैसा कायमा गरेको हो।युरोपियन यूरो एकको खरिद दर १३७ रुपैयाँ १८ पैसा र बिक्री दर १३७ रुपैयाँ ८५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ३२ पैसा र बिक्री दर १६२ रुपैयाँ ११ पैसा छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७५ पैसा र बिक्री दर ८७ रुपैयाँ १८ पैसा रहेको छ। क्यानेडियन

    • प्रकाशित मितिः पुस १, २०७८
    • 104 पटक पढिएको
  • फेरी बढ्यो सुनचाँदी मूल्य

    काठमाडौं / सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९३ हजार पुगेको छ ।पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार पाँच सय कायम भएको छ जसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार आठ सय तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः पुस १, २०७८
    • 112 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त

    काठमाडौँ  / नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले पुस १ गतेदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो । योसँगै भट्टले दोश्रो पटक बैंकको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै छन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका नवनियुक्त प्रवक्ता डा. भट्ट सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् ।यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी देवकुमार ढकालले सम्हालेका थिए ।

    • प्रकाशित मितिः पुस १, २०७८
    • 112 पटक पढिएको
  • आजदेखि पुस ५ सम्म प्राधिकरणको महसुल काउन्टर बन्द

    झापा / नेपाल विद्युत प्राधिकरणले आजदेखि पुस ५ गतेसम्म प्राधिकरणको महसुल काउन्टर बन्द गरेको छ । नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै प्राधिकरणले पुस ५ गतेसम्मका लागि बिलिङ प्रणाली बन्द गरेको हो । विद्युत् नियमन आयोगको निर्णय अनुसार गत मङ्सिर महिनाको महसुल परिवर्तित महसुल अनुसार हुने भएकाले बिलिङ प्रणालीमा सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ । आयोगले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक ३० रुपैयाँ महसुल तिर्ने गरी व्यवस्था गरेको छ । नयाँ महसुल दर अनुसार बिलिङ प्रणालीलाई अगाडि बढाउन काउन्टर बन्द गरेर आवश्यक व्यवस्था गर्न लागिएक

    • प्रकाशित मितिः पुस १, २०७८
    • 113 पटक पढिएको
  • निजी क्षेत्रमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

    काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले नेपालको सम्भावना भएको क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रहरूलाई आव्हान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको नवउत्थान सम्मेलनको उद्घाटनका अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री शर्माले मुलुकलाई समृद्ध बनाउन सम्भावना भएको क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रहरूलाई आव्हान गरेका हुन् । ‘प्रतिस्पर्धामा जान सक्ने, स्वयमः आत्मनिर्भर बन्न सक्ने क्षेत्रमा अध्ययन गरौँ,’ उनले भने, ‘हिजो र आजको परिस्थिति फरक छ ।’ चालु आवको पहिलो चार महिना मै ३८७ अर्ब कर्जा विस्तार भइसकेको भन्दै शर्माले भने, ‘अहिलेको मुख्य समस्या न

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 117 पटक पढिएको
  • आज पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं / नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (बुधबार ) पाँचसय रुपैयाँले घटेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै घट्दै ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने स्थिरता कायम हुँदै आज प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 106 पटक पढिएको
  • बाह्रदशीको एउटै वडामा ५० लाखको सिन्चाइ सामग्री बितरण

    झापा  / बाह्रदशी गाउँपालिका – ४ का कृषकलाई अब सिञ्चाईको समस्या हल भएको छ ।केही वर्ष अघिसम्म सिञ्चाईको अभावका कारण खेतीयोग्य जमिन हिउँदको समयमा बाँझै रहने गरेका थिए । तर, बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष समिम मियाले कृषिलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गर्दै सिञ्चाईका लागि मोटर, बोरिङ कृषकलाई अनुदानमा उपलब्ध गराउन थालेसँगै सिञ्चाईको समस्या हल भएको हो ।अहिले बाह्रदशी ४ का कृषकका लागि १२० वटा विभिन्न ठाउँमा ४ इञ्चको बोरिङ गाडिएको छ भने २५० थान मोटर बितरण गरिएको छ । १५० वटा स्प्रे ट्याङ्की बितरण गरिएको छ भने कृषकका लागि २० थान थ्रेसर मेसिन समेत बितरण गरिएको वडाध्यक्ष मियाले

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 123 पटक पढिएको
  • आजको सुन चाँदी बजार भाउ

    काठमाडौँ  / आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार  भएकोमा आज ९३ हजार १ सय सय रुपैयाँ कायम भएको हो । तेजाबी सुन भने आज ९२ हजार ३ सय  रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । सोमबार प्रतितोला ११९० रुपैयाँमा कारोबार भएको चाँदी आज १२१० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 146 पटक पढिएको
  • च्याउखेतीमा मन्त्री श्रेष्ठ

    तनहुँ / भानुनगरपालिका–६ बरभञ्याङमा सिताके च्याउको न्यायिकरूपमा खेती गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ र मुक्ति तिमिल्सेनाको संयुक्त लगानीमा सिताके च्याउखेती गरिएको हो ।करिब रु डेढ करोड लगानीमा साढे दुई रोपनी क्षेत्रफलमा च्याउखेती गरिएको गण्डकी एग्रिकल्चर फार्म प्रालिका लेखापाल सुरेन्द्र पण्डित जानकारी दिए । गण्डकी एग्रिकल्चर फार्म प्रालि दर्ता गरी गत फागुनदेखि थालिएको व्यवसायमा प्रत्यक्षरूपमा १० जनाले रोजगारी पाएका छन् ।दश हजार बढी मुढामा च्याउ उत्पादन भइरहेको उनले बताए । फार्म

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 106 पटक पढिएको
  • आज ७९ अंकले घट्याे नेप्से

    काठमाडौं  / साताकोको दोस्रो दिन आज (सोमबार)  शेयर कारोबार मापक नेप्से परिसूचकमा ७९ अंकले घटेको छ । नेप्से परिसूचक ७९ दशमलव २३ अंकले घटेर २ हजार २ सय ८२ अंकमा झरेको हो ।नेप्से परिसूचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४७ अंकले घटेको छ । नेप्से र सेन्सेटिभ दुवै घट्दा कारोबार रकम करिब ४ अर्ब पुगेको छ । दिनभर भएका ६२ हजार ८ सय ९ कारोबारबाट २३३ कम्पनीका ९६ लाख ७९ हजार ७२ वटा कारोबार भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १ सय ७८ रुपैयाँ भएको छ ।बजार ठूलो अंकले घट्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने सोमबार राम्रै बढेको छ । गुहेश्वर

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 113 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.