आर्थिक

    Showing 3,611-3,620 of 4,141 items.
  • आजदेखि विद्युतको नयाँ महसुल दर लागू

    काठमाडौं  / आज (मंसिर १ गते) देखि विद्युतको नयाँ महसुल दर लागू भएको छ । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावअनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल दर लागू भएको हो । विपन्न नागरिकहरूलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँमात्र लाग्नेछ ।मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकहरूलाई लाभ पुग्नेछ । आयोगले ग्राहस्थ वर्गमा विद्युतको उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महशुलमा औसतमा २.८४ प्रतिशतले

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 153 पटक पढिएको
  • नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा

    काठमाडौं//नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान विभाग ललितपुरले १२ जनाविरुद्ध मुद्दा  चलाएको छ। रुपन्देहीको क्रिष्टल बोटलर्स प्रालिका सञ्चालक फुलसिंह क्षेत्री, माउन्ट एभरेष्ट डिष्टिलरी प्रालिका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ र सोही जिल्लाका मोहमद साहिद अन्सारीसमेत १२ जनाविरुद्ध मुद्दा चलाएको विभागले बताएको छ।नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी पाँच करोड ५६ लाख ४३ हजार रुपैयाँ राजस्व चुहावट गरेको उनीहरुमाथि आरोप छ।  आज एक सुचना जारि गर्दै विभागले उक्त राजस्व चुहावट बराबरको बिगो असुल गरी जरिवाना र कैद सजायको माग दाबी लिई मुद्दा दर्ता गरिएको

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 106 पटक पढिएको
  • सुनको मुल्य दैनिक बढ्दै

    बिर्तामोड /  नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५०० ले बृद्धि भएर रू ९४ हजार ८०० कायम भएको छ । सोमबार सुन प्रतितोला रू ९४ हजार ३०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू ९४ हजार ३०० रहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला रू ९३ हजार ८०० तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा रू १० ले वृद्धी भएर रू एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ । चाँदी शुक्रबार प्रतितोला रू एक हजार २८० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कार

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 102 पटक पढिएको
  • झापामा नक्कली मल बनाएर बिक्री गर्ने दुइ पक्राउ , चार फरार

    झापा //झापामा नक्कली मल बनाएर बिक्री गर्ने गरेको पाइएको छ। झापाको कनकाई नगरपालिका- ३ सुरुङ्गा को तिलक पौड्याल को घरबाट नुनमा रातो माटो मिसाएर बोरामा नक्कली पोटास बनाइ बिक्रीका लागि लैजान लागेको मल फेला पारिएको हो। इलाका प्रहरी कार्यालय सुरुङ्गा का प्रमुख प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाको नेतृत्वमा गएको प्रहरी टोलीले नक्कली मल फेला पारेको हो । १६ बोरा तयारी नक्कली पोटास र बनाउँदै गरेको अवस्थाको केही बोरा भईमा राखिएको नुन र रातो माटो बोरा सिलाउने सियो धागो र करिव ५० वटा खाली नुनका बोरा बरामद  भएको बताइएको छ। त्यसैगरी सुरुङ्गा बजारमा रहेको भट्टराई कृषि भण्डारमा बिक्रीका लागि राखिएको १३

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 172 पटक पढिएको
  • अर्बौँ ठगीमा संलग्न एमालेका सांसद विरुद्ध १४ सय जनाको उजुरी

    बिर्तामोड / नेकपा एमालेको संरक्षणमा कानुनी कारवाहीबाट जोगिँदै आएका अर्बौँ रुपैयाँ ठगीमा संलग्न सिभिल समुहका अध्यक्ष समेत रहेका पूर्व सांसद इच्छाराज तामाङ विरुद्ध १४ सय ११ जनाले उजुरी दिएका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै कानुनी कारवाहीमा तानिएका एमालेका पूर्व सांसद तामाङ विरुद्ध आफूहरूको ५ अर्ब ४९ करोड रुपैयाँ ठगी गरेको भन्दै १४ सय ११ जनाले उजुरी दिएका हुन् । सरकार परिवर्तन भए लगत्तै पक्राउ परेका तामाङ यतिबेला नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोका हिरासतमा रहेका छन् ।  पक्राउ परेका तामाङ विरुद्ध सङ्गठित अपराध र ठगीमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धा

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 123 पटक पढिएको
  • सुनको भाउ लगातार बढ्यो

    काठमाडौं / सुनको भाउ लगातार बढिरहेको छ । कात्तिक २४ गतेदेखि सुनको भाउ लगातार बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कात्तिक २३ गते प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य त्यसयता निरन्तर बढेको हो ।कात्तिक २४ गते ४००, २५ गते १३ सय र २६ गते ४०० ले बढेको सुनको मूल्य आज २०० ले बढेको महासंघले जानकारी दिएको छ । यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ । आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दै १२ स ९५ रुपैयाँ पुगेको छ ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 113 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि : आन्दोलन सडकबाट हैन , आफ्नो भान्छाबाट सुरु गरौँ

     पेट्रोलिय पदार्थमा भएको पछिल्लो मूल्यवृद्धिको विरोधमा यतिबेला सत्तारुढ दल र विपक्षी पार्टीका युवा विद्यार्थीले आन्दोलन चर्काएका छन् । अन्तराष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाल आयल निगमले बुधबारबाट इन्धनको मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धि पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ ५८ पैसा , डिजलमा प्रतिलिटर १३ रुपैयाँ १४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ५७ रुपैयाँ ८० पैसा घाटा रहेको भन्दै निगमले मूल्यवृद्धि फिर्ता लिन नसकिने जनाएको छ ।आन्दोलनकारीले चर्को सरकारी कर घटाएर भएपनि मूल्य समायोजन गर्नु पर्ने माग गरिरहेका छन् । तर निगमले भने खुला सिमानाका र भारतबाट आउने सवारीसाधनले आफ्नो

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 80 पटक पढिएको
  • देशैभर दुई दर्जन उच्च क्षमताका प्रसारण लाइन निर्माण हुँदै

    काठमाडौँ / बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनलाई वितरण लाइन बनाउने घोषणा गरिसकेकाले उच्च क्षमताका प्रसारण लाइन अत्यावश्यक बन्न पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २३ वटा ४०० केभी क्षमताका प्रसारण लाइन अध्ययनको विभिन्न चरणमा रहेको जानकारी दिएको छ ।नेपाल र भारतबीच विद्युत् आदान प्रदानका लागि अन्तरदेशीय प्रसारण लाइनदेखि देशभित्रै उत्तर दक्षिण करिडोर जोड्ने गरी विभिन्न आयोजना अगाडि बढाइएको छ । त्यस्तै पू

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 128 पटक पढिएको
  • चार अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग वायुसेवा निगमले गर्‍यो उडान सम्झौता

    काठमाडौं / नेपाल वायुसेवा निगमले विभिन्न चार अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको छ । निगमले थाइ एयरवेज, अल निप्पोन एयरलाइन्स, कुवेत एयरवेज र इमिरेट्सबीच हवाई सम्झौता गरेको हो । उपस्थितिमा निगमले युरोपका विभिन्न सहर, अस्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइन सहित विभिन्न १० वटा हवाईमार्गमा उडान भर्ने चार कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले जानकारी दिए । निगमले यसबाहेक अमेरिकाका विभिन्न सहरमा पनि यस्तै किसिमको सम्झौताका लागि विभिन्न वायुसेवा कम्पनीसँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 155 पटक पढिएको
  • सुनको मूल्य चार सयले बढ्यो

    बिर्तामोड / शुक्रबार सुनको मूल्य चार सयले बढेर तोलाको ९४ हजार चार सयमा कायम छ। अघिल्लो दिन सुन ९४ हजार प्रतितोलामा कारोबार भएको थियो।चाँदी पनि ३५ रुपैयाँले बढेर तोलाको १२ सय ८५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहीबार चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहको छ। 

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 111 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.