आर्थिक

    Showing 3,681-3,690 of 4,499 items.
  • सोमबार सुनको मूल्य प्रतितोला १ लाख १ सय

    काठमाडौं / सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुन तोलाको १ लाख १ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने आइतबार सुन तोलाको १ लाख ३सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको ९९ हजार ६ सय रुपैयाँ तोकिएको छ । आइतबार १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ भने स्थिर रहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 114 पटक पढिएको
  • भीएलएनको छ अर्ब ५० करोड घोटाला गरेको भन्दै गभर्नर अधिकारीलाइ निलम्बन

    बिर्तामाेड / सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भीएलएन काण्डमा संलग्न रहेकै कारण निलम्बन गरेको तथ्य बाहिरिएको छ । राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर रहेका गभर्नर अधिकारी भीएलएन नेपालले मलेसिया पठाउनु पर्ने ६ अर्ब ५० करोड रुपैयाँ राजश्व छली गरेर हङकङ पठाएको घटनामा संलग्न रहेकै कारण सरकारले उनलाई निलम्बन गरेको हो । भीएलएन नेपालले मलेसिया पठाउनुपर्ने ६ अर्ब ५० करोड रुपैयाँ हङकङ पठाएर राजस्व छल्ने कार्यमा राष्ट्र बैंकका २७ जना अधिकारीहरूको संलग्नता रहेको पाइएको छ । सोही काण्डमा  गभर्रनर अधिकारी पनि मुछिएका छन् । सोही घटनाको छानविन गर्न सरकारले गभर्रनर अ

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 141 पटक पढिएको
  • राष्ट्र बैंकले गर्यो १५ अर्ब बढीको ट्रेजरी बिल सार्वजनिक

    काठमाडौँ / केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले आगामी मंगलबार छोटो समयका लागि मुद्रा बजारको उपकरणको रुपमा रहेको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको हो । बैंकले बिल खरिदका लागि सार्वजनिक गरेको सूचना अन्तर्गत चैत २८ गते सबै प्रकारका बिलहरूको बाँडफाँड हुने जनाएको छ । बैंकका अनुसार ९१ दिनका लागि ८ अर्ब रुपैयाँ ,१८२ दिनका लागि २ अर्ब २५ करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ । सार्वजनिक बोलकबोल मार्फत बाँडफाँड हुने बिलमा ८५ प्रतिशत खुल

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 144 पटक पढिएको
  • आयल निगमको कोष रित्तिएपछि आयात गर्न चुनौति

    बिर्तामोड / अन्तराष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै बढ्दो आयातका कारण नेपालको अर्थतन्त्रले व्यापार घाटा खेपीरहेको समयमा इन्धन आयातका लागि थप मुद्रा बाहिरिने भएपछि सरकार र आयल निगमलाई पेट्रोलियम पदार्थ आयात गर्न चुनौति बनेको छ । तरलता अभाव र विदेशी विनिमय सञ्चिति हरेक दिन घटिरहेको समयमा नेपाल आयल निगमको मूल्य स्थिरीकरण कोषमा समेत मुद्राको अभाव भएपछि आयात गर्न चुनौति बढ्दै गएको हो । राष्ट्र बैकले विदेशी मुद्रा सञ्चिति घटिरहेको भन्दै पेट्रोलियम पदार्थको आयात घटाउन दवाव दिएपछि निगम पनि आर्थिक अवस्था धान्न नसक्ने अवस्थामा पुगेको छ । निगमसँग पेट्रोलियम पदार्थ आयातका मूल्य स्थिरीकरण कोषमा २५ करो

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 124 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    बिर्तामोड / साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।शुक्रबार ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ८ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आइतबार १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 127 पटक पढिएको
  • दमक रेडक्रसले सरकारी पैसा दुरुपयोग गरेको खुलासा

    बिर्तामोड / सरकारले झापाको दमक नगरपालिका –७ मा अस्पताल निर्माण गर्न दिएको डेढ करोड रकम नेपाल रेडक्रस सोसाइटी दमक शाखाले दुरुपयोग गरेको पाइएको छ । नेपाल रेडक्रस सोसाइटी दमक शाखाको एक टोलीले आज (शनिबार) पत्रकार सम्मेलन गर्दै मुटु रोगसम्बन्धी अस्पताल सञ्चालन गर्न दिएको ढेड करोड रकम दमक रेडक्रसले दुरुपयोग गरेको बताएको हो । मुटु अस्पताल सञ्चालन गर्न भन्दै प्रदेश सरकारले दिएको १४ लाख रुपैयाँ र सांसद विकास कोषले दिएको ९० लाख साथै कोषमा रहेको अन्य रकम समेत खर्चेर बनाइएको अस्पतालको संरचना रेडक्रसले भत्काएको रेडक्रस सोसाइटी दमक शाखाका संस्थापक अध्यक्ष मानबहादुर बुढाथोकीले जानकारी दिए

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 127 पटक पढिएको
  • इन्फिनिटीकाे ठगी धन्दा : लगानीकर्ताबाट ठगेको रकम क्रिप्टोमा लगानी गरेको खुलासा

    बिर्तामोड / अनलाइन नेटवर्किङ व्यवसायको नाममा दुबइमा रहेका नेपालीलाई ठगी गर्दै आएको इन्फिनिटी कम्पनीले क्रिप्टोमा लगानी गरेको पाइएको छ । इन्फिनिटीमा लगानी गरेका सदस्यहरूलाई नेपालमा गैरकानुनी मानिएको क्रिप्टोमा लगानी गर्न भन्दै कम्पनीका सञ्चालक राकेश पन्तले ह्वाट्सएपमा भ्वाइस म्यासेज पठाए पछि यो कुरा बाहिरिएको हो । सदस्यहरूलाई गत बिहीबार ह्वाट्सएपमा भ्वाइस म्यासेज पठाउँदै सञ्चालक पन्तले नेटवर्कमा व्यवसाय गर्न नचाहने सदस्यको अप्रिल महिना भित्र सावा रकम फिर्ता गर्ने र कम्पनीमा लगानी गर्न चाहने सदस्यले १० दिनभित्र क्रिप्टोमा जोडिने बताएको पीडित लगानीकर्ताले जानकारी दिए । पी

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 140 पटक पढिएको
  • कामना सेवा विकास बैंकमा किर्ते कागजातबाट कारोबार

    बिर्तामोड / कामना सेवा विकास बैंकले किर्ते कागजातको आधारमा ऋण लिएको भन्दै ६१ वर्षीय वृद्धमाथि मुद्दा चलाएर ऋण धितो लिने, दिने प्रकियामा संलग्न रहेका बैँकका कर्मचारीलाई भने उन्मुक्ति दिएको पाइएकाे छ । झापाको दमकमा रहेको कामना सेवा विकास बैंकको शाखाबाट ऋण लिएका मोरङको उर्लाबारी नगरपालिका –५ का ६१ वर्षीय प्रेम कुमार तामाङमाथि मुद्दा चलाएर ऋण दिने र लिने कार्यमा संलग्न बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन वस्नेतलाई बैंकले उन्मुक्ति दिएको हो । बैंकबाट हुने सबै किसिमका ऋण कारोबारमा गल्ती भए त्यसको जिम्मेवार प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुने  बैंक तथा वितिया संस्थाका एक वि

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 196 पटक पढिएको
  • फेरी बढ्यो सुनको मूल्य

    बिर्तामोड / नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजाबी सुनको भाउ तोलाको ९९ हजार निर्धारण गरिएको छ ।चाँदीको भाउ भने आज २१ रुपैयाँले बढेको छ । बिहीबार १ हजार ३ सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 118 पटक पढिएको
  • संकटमा अर्थतन्त्र : यी बस्तु माथि लाग्यो प्रतिबन्ध (सुचिसहित)

    बिर्तामोड / विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि अत्तालिएको सरकार र राष्ट्र बैकले आयातमा कडाइ थालेका छन् । बस्तु आयातमा दैनिक झण्डै ६ अर्ब रुपैयाँ बाहिरिन थालेपछि राष्ट्र बैंकले बस्तुको आयात रोक्न ३०० भन्दा बढि बस्तुको आयात रोक्ने नीति ल्याएको हो ।राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर अति आवश्यक नरहेका ३०० भन्दा वढि बस्तुको आयात रोक्न निर्देशन दिएको हो । निर्देशन लगत्तै बैंक तथा वित्तिय संस्थाले पनि आफ्ना देशभर रहेका शाखालाई सर्कुलर गरी त्यस्ता बस्तुको आयातका लागि प्रतीतपत्र (एलसी ) नखोल्न निर्देशन दिएका छन् ।यी वस्तुमाथि लाग्यो आयातमा प्रतिवन्ध खाद्य

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 259 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.