आर्थिक

    Showing 3,711-3,720 of 4,499 items.
  • सुनको मूल्य १३ सयले घट्यो

    बिर्तामोड / साताको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य १३ सयले घटेको छ । सोमबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार १३ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 114 पटक पढिएको
  • फेरि उर्जा संकट : औद्योगिक क्षेत्रमा सुरु भयो लोडसेडिङ

    बिर्तामोड / अन्तराष्ट्रिय बजारमा रुस–युक्रेन युद्धका कारण कोइलाको मूल्य आकासिएपछि नेपालमा उर्जा संकट सुरु भएको छ ।सुख्खायाममा भारतबाट विजुली आयात गरी मुलुकको लोडसेडिङ हटाउन सफल विद्युत प्राधिकरणले महङ्गोमा विजुली किनेर सस्तोमा बेच्ने अवस्था आएपछि दैनिक ९ घण्टा सम्म लोडसेडिङ गर्न थालेको हो ।उपभोक्ताको घरसम्म नै पुग्ने गरी लोडसेडिङ गर्दा निकट रहेको निर्वाचनमा असर पर्ने देखिएपछि सत्तारुढ दलको सल्लाहमा विद्युत प्राधिकरणले उद्योगलाई दिँदै आएको बिजुलीमा कटौती गर्न सुरु गरेको हो ।भारतीय बजारमा बिजुलीको मूल्य उकासिएर प्रति युनिट ३८ रुपैयाँ सम्म पुगेपछि भारतबाट आयात घटाउन प्राधिकरणले उद्योगमा विजुली कट

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 131 पटक पढिएको
  • आरती स्ट्रिप्सका संचालक भारतमा पक्राउ : अर्बौ अपचलनको आरोप

    बिर्तामोड / भारतमा अर्बौ रुपैंया ठगी र कर छलीमा मुछिएपछि नेपाल आएर विराटनगरमा आरती स्ट्रिप्स नामको उध्योग नै स्थापना गरी संचालन गर्दै आएका भूषण ग्रुपका संचालक आरती सिंघल भारतमा पक्राउ परेकी छन् ।नेपालकै ठूलो उध्योगका रुपमा चिनिएको स्टिल उध्योगका संचालक भारतमा अर्बौ रुपैंया ठगी र करछलीको मुद्धामा पक्राउ परेको भारतबाट प्रकाशित हुने ईकोनोमिक टाईम्सले जनाएको छ ।भारत सरकार मातहतको गम्भिर ठगी अनुशन्धान कार्यालय ( एसएफआईओ ) भारतको भूषण पावर एण्ड स्टिल लिमिटेलड ९ बिपीएसएल ० का पूर्व उपाध्यक्ष समेत रहेकी सिंघललाई पक्राउ गरेको हो ।गम्भिर ठगी अनुशन्धान कार्यालयले अनुशन्धान थाले लगत्तै सिंघल नेपालमा आफ्ना

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 1,360 पटक पढिएको
  • भारतमा क्रिप्टो कारोबारले पायो वैधानिकता

    बिर्तामोड / संसारभर व्यापक रुपमा हरेक दिन बढ्दै गरेको विनिमयको नँया माध्यम क्रिप्टोको कारोबार अधिकांश देशहरूमा प्रतिबन्ध गरिदै आएपनि भारतले भने यसलाई वैधानिकता दिने भएको छ । क्रिप्टोको कारोबारको व्यापकतासँगै हरेक घण्टामा बढ्ने गरेका लगानीकर्ताका कारण पनि यसलाई वैधानिकता दिन भारत सरकारले आवश्यक ठानेको हो ।भारत सरकारले भर्चुअल डिजिटल सम्पत्ति (भीडीए) मा कर लगाउन गरेको प्रस्ताव अप्रिल १ बाट कार्यान्वयनमा आउने भएको छ । भारतको तल्लो सदन लोकसभाले वित्त विधयेक फाइनान्स बिल, २०२२० पास गरेसँगै भर्चुअल सम्पत्तिमा कर लगाउन सहज भएको सार्वजनिक भएको छ ।लोकसभाले उक्त विद्ययेकमा भर्चुअल डिजिटल

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 118 पटक पढिएको
  • स्थानीय सरकारले नियमन गर्न नसक्दा सहकारीमा बेथिति बढ्दै

    धरान / सुनसरीको धरान उपमहानगरपालिका भित्र सञ्चालित बचत ऋण सहकारी संस्थाले लगानीकर्ताहरूको पैसा अपचलन गर्ने घटना बढ्दै गएको पाइएको छ । बेथितिमा चलिरहेका सहकारीलाई स्थानीय सरकारले नियमन गर्न नसक्दा सहकारीले लगानीकर्ताको पैसा अपचलन गर्ने घटना बढ्दै गएको हो । धरान उपमहानगरपालिका भित्र जम्मा ८७ वटा सहकारी संस्था रहेकोमा २२ वटा सहकारी संकटग्रस्थकाे सुचीमा परेका छन् । सहकारीको ठगी र अनियमितता बढ्न थालेपछि गत वर्ष २०७७ मा धरान उपमहानगरपालिकाको सहकारी विकास समितिले नगरभित्रका ४२ वटा सहकारीको अनुगमन गरेको थियो । ४२ वटा सहकारी अनुगमन गर्दा ११ वटा संकटग्रस्थ भेटिएको महानगरपालिकाको प्रतिवेदन

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 344 पटक पढिएको
  • आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम

    काठमाडौं / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ । यस्तै महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ ।  

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 131 पटक पढिएको
  • आज पनि बढ्यो सुन–चाँदीको मुल्य

    बिर्तामोड  / नेपाली बजारमा आज (शुक्रबार) सुनको मुल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४०० रुपैयाँ कायम भएको छ।  हिजो पनि सुनको भाउ एकैदिन १ हजार १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो। 

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 114 पटक पढिएको
  • भन्सार छली गरी ल्याएका दुई वटा ट्रक राजश्व कार्यालयको नियन्त्रणमा

    झापा / राजश्व अनुसन्धान कार्यलय इटहरीले झापाको मेची भन्सार कार्यालयबाट दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । कम भन्सार मूल्याङ्कन गरेर भन्सार कार्यालयकै मिलेमत्तोमा कर छली गरेर ल्याएको पाइएपछि राजश्व कार्यलयले ट्रक नियन्त्रणमा लिएको हो । राजश्व कार्यलयले ना६ख ५८३ र प्रदेश –१ –०२००१ख ९५२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको राजश्व अनुसन्धान कार्यलय इटहरीले जनाएको छ । ट्रकमा तीन करोड मूल्य भन्दा बढीको लत्ताकपडा र जुत्ताचप्पल रहेको मेची भन्सार कार्यालय स्रोतले जनाएको छ । भक्तपुर स्थित प्रतिक्षा ट्रडसको नाममा ल्याइएको उक्त सामान राजश्व कार्यलयले बुधबार साँझ पाँच बजे ट्रकसहित राजस्व अनु

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 957 पटक पढिएको
  • फेरी बढ्यो सुनको मूल्य

    बिर्तामोड/  बुधवारको तुलनामा आज बिहीबार सुनचाँदीको मूल्यमा बुद्धि भएको छ ।  हिजो ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार ११ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 218 पटक पढिएको
  • रुस-युक्रेन युद्धको असर : चुलियो व्यापार घाटा

    बिर्तामोड / रुस-युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएसँगै नेपालमा हरेक महिना बढ्दो आयातका कारण व्यापार घाटा थप चुलिएको छ । भन्सार विभागका अनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्ष ३८ दशमलब ६४ प्रतिशतले आयात र ८२ दशमलब ९० प्रतिशतले निर्यात बढेपछि अर्थतन्त्र नै कम्जोर बन्दै व्यापार घाटा अकासिएको हो ।विदेशी मुद्रा सञ्चिति घटे पश्चात नेपाल राष्ट्र बैंकले वस्तुहरूको आयातमा कडाइ गरेपनि दिन प्रतिदिन आयात बढ्दै गएको छ भने निर्यात हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा कुल १३ खर्ब आठ अर्ब ७३ करोड रुपैयाँ बराबरको मालवस्त

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 118 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.