आर्थिक

    Showing 3,821-3,830 of 4,500 items.
  • नगरपालिकाले दियो दुई सय किसानलाई हातेट्याक्टर

    झापा / बेँसीसहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको मेयर गुमानसिंह अर्यालले  बताए ।वैदेशिक रोजगारी पश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुनश्चः प्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी हुने अर्यालले बताए । 

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 106 पटक पढिएको
  • भारतले नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव

    काठमाडौं / भारतले नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव गरेको छ । वित्त मन्त्री निर्मला सितारमणले सन् २०२२/२३ का लागि मंगलबार सदनमा पेश गरेको युनियन बजेटमा नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव गरिएको हो ।गतवर्ष ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड) सहयोग गरेको भारतले यस वर्ष भने ७ अर्ब ५० करोड भारु (९  १२ अर्ब रुपैयाँ) मात्र सहयोग गर्ने गरी प्रस्ताव पेश भएको छ । नेपाललाई सहयोग रकम घटाउने प्रस्ताव गरेकी वित्त मन्त्री सीतारमणले दक्षिण एशियामा बांग्लादेशलाई दिने सहयोग रकम २ अर्बबाट बढाएर ३ अर्ब पुर्याउने र माल्दिभ्सलाई गर्ने सहयोग पनि २ अर्ब ५० करोडबाट बढाएर ३ अर्ब ६० करोड बनाउने प्रस्त

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 128 पटक पढिएको
  • सुनको मूल्यमा बृद्धि

    बिर्तामोड / सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको भाउ भने स्थिर छ  । सोमबार एक हजार २४० रुपैयाँमा  कारोबार भएको चाँदी मंगलबार पनि  त्यही भाउमा  निर्धारण भएको छ । ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 121 पटक पढिएको
  • आजको सुनचाँदी प्रतितोला कति रुपैयाँ ?

    काठमाडौं / सोमवार पनि नेपाली बजारमा  सुनको मूल्य घटेको छ । स्थानीय बजारमा सोमवार सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् आइतवारको तुलनामा रू ४०० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू ९१ हजार ८०० मा कारोबार भएको छ । छापावाला सुनको मूल्य आइतबार प्रतितोला रू ९२ हजार २०० मा कारोबार भएको थियो । अघिल्लो कारोबारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू ४०० ले घटेको हो ।त्यसैगरी, तेजाबी सुन प्रतितोला रू ९१ हजार ३०० मा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला रू ९१ हजार ७०० मा कारोबार भएको थियो ।यस्तै, सोमवा

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 111 पटक पढिएको
  • एक करोड ५० लाख मूल्य बराबरको २१६ कार्टुन मदिरा बरामद

    काठमाडौं / नेपाल प्रहरीले भारतबाट महँगो रक्सी अवैध रुपमा तस्करी गरेर काठमाडौंमा बिक्री वितरण गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ ।पर्साको गादी घर भई हाल बुढानीलकण्ठ एरियामा बस्दै आएका सन्तोष चन्द्र बख्रेल लगायतका व्यक्तिलाई अवैध मदिरा कारोबारको आरोपमा प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको थियो ।नियन्त्रणमा लिइसकेपछि अनुसन्धानका क्रममा एक महिनामै करोडौँको मदिरा अवैध रूपमा भारतबाट ल्याएर काठमाडौंमा कारोबार गर्ने गरेको पाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।प्रहरीले बख्रेलसँगै कागेश्वरी मनहरा नगरपालिका –६ का ३० वर्षीय शैलेश पन्त, पर्साको सुवर्णपुरमा घर भइ अहिले हाँडीगाउँमा बस्दै आएका २८ वर

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 152 पटक पढिएको
  • सुनचाँदी मूल्य प्रतितोला कति ?

    काठमाडौँ / सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।    त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 117 पटक पढिएको
  • घाटामा सप्तकोसी डेभलपमेन्ट बैंक

    विराटनगर / बैंकका प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदी भ्रष्टाचारको अभियोगका कानुनी कारवाहीमा तानिएपछि समस्यामा परेको प्रदेश एकको विकास बैंक सप्तकोसी डेभलपमेन्ट बैंक नोक्सानमा रहेको वित्तिय विवरण सार्वजनिक भएको छ ।चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्मको अवधिमा बैंक ३ करोड २५ लाख रुपैयाँ नोक्सानमा रहेको वित्तिय विवरण सार्वजनिक भएको छ । गत वर्ष बैंक ८० लाख ४८ हजार रुपैयाँ खुद नाफामा रहेको थियो ।चालु आर्थिक वर्षको पुस मसान्त सम्मको अवधिमा बैंकले खुद ब्याज आम्दानी भने १२.१० प्रतिशतले बढाएर ११ करोड १२ लाख रुपैयाँ कमाएको छ । गत वर्ष भने ९ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।बैंक ३ कर

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 116 पटक पढिएको
  • नेपालबाट छ महिनामा ५२ करोडको सुनचाँदी गहना निर्यात

    काठमाडौं  / चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा नेपालबाट ५२ करोड ६६ लाख रुपैयाँ बराबरको सुनचाँदी गहना निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुस महिनाको तथ्याङ्कअनुसार उक्त मूल्य बराबरको सुनचाँदी गहना निर्यात भएको हो ।यस अवधिमा ३४ करोड ४९ लाख रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ । विभागले ४० हजार ३२८ ग्राम सुनका गहना निर्यात भएको जानकारी दिएको छ । यस्तै, सोही अवधिमा ७४ लाख ७० हजार ग्राम बराबरको १८ करोड १७ लाख रुपैयाँको चाँदीका गहना निर्यात भएको विभागले जानकारी दिएको छ ।नेपालबाट अष्ट्रेलिया, हङकङ र अमेरिकामा सुनबाट बनेका गहना निर्यात हुने गरेको छ । चालू व

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 120 पटक पढिएको
  • तेस्रो मुलुकमा हुने निर्यातमा १८६ प्रतिशतले वृद्धि

    वीरगञ्ज / चालु आर्थिक वर्ष २०७८ ७९ को पछिल्लो छ महिनामा वीरगञ्ज नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ।आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली वस्तुको निर्यात १८६ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुससम्ममा १९ अर्ब ५३ करोड ९० लाखभन्दा बढीको नेपाली वस्तु निर्यात भएको थियो।त्यसको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका हुँदै ३६ अर्ब २९ करोड ९६ लाख बढी अर्थात् ५५ अर्ब ८३ करोड ५१ लाख मूल्यको नेपाली वस्तु निर्यात भएको छ। यो गत आवको तुलनामा १८५.७६ प्रतिशत बढी हो।वीरगञ्ज नाका प्रय

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 139 पटक पढिएको
  • मोरङ व्यापार संघको नयाँ कार्य समितिको पदस्थापन

    विराटनगर  / मोरङ व्यापार संघको भर्खरै सम्पन्न निर्वाचित नयाँ कार्य समितिको पदस्थापन गरिएको छ । गत पुस २० मा निर्विरोध निर्वाचित १६ सदस्यको समूहले अध्यक्ष पदमा नवीन रिजाललाई चयन गरेको थियो ।२००७ सालमा स्थापना गरिएको र नेपालकै पहिलो उद्योगवाणिज्य संघका रूपमा दाबी गरिएको व्यापार संघमा रिजाल ३३ औँ कार्यसमितिका अध्यक्ष हुन् ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार शा, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र महासचिवमा अनिल शारडा निर्वाचित भए ।सचिवमा संजय श्रेष्ठ र कोषाध्यक्षमा राजेश अग्रवाल, सदस्यमा अमित साराडा, विनित सिङ्घानियाँ, मनीष मारु, श्याम राठी ,

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 105 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.