आर्थिक

    Showing 3,841-3,850 of 4,500 items.
  • २४ हजार ऋणीले पाए १०६ अर्ब पुनर्कर्जा

    काठमाडौं / हालसम्म २४ हजारभन्दा बढी ऋणीहरुले १०६ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा पाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो पुनर्कर्जा चालू आर्थिक वर्षको पुस मसान्तसम्म २४ हजार २६७ ऋणीले एक खर्ब ६ अर्ब ८ करोड रुपैयाँ लगेको समेत राष्ट्र बैंकले जनाएको हो । ७ प्रदेश ७७ वटै जिल्लामा प्रवाह भएको यस्तो पुनर्कर्जा ग्राहकको मूल्यांकनको आधारमा विशेष र साधारण गरि १०२ जना ऋणीमा १३ अर्ब ६२ करोड प्रवाह पनि गरिएको छ । साना, लघु तथा घरेलु उद्योग उद्यमशीलता पुनर्कर्जा शीर्षकमा मात्र समीक्षा अवधिमा ९ हजार ४८६ जना ऋणीहरूलाई कुल ८ अर्ब १० करोड रुपैयाँ पुनर्कर्जा प्रदान गरिएको राष्ट्र बैंकले जनाएक

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 122 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा बृद्धि

    बिर्तामोड  / साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ सय रुपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बिहीबार प्रतितोला ९३ हजार २ सय रुपैयाँ तोकिएको थियो । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 125 पटक पढिएको
  • जनस्वास्थ्य ऐनको धज्जी उडाउँदै मदिराको विज्ञापन

    काठमाडाैँ  / देशकै ठूलो व्यवसायीक घराना चौधरी ग्रुदेशकै ठूलो व्यवसायीक घराना चौधरी ग्रुदेशकै ठूलो व्यवसायीक घराना चौधरी ग्रुपले जनस्वास्थ्य ऐन २०७५ को धज्जी उडाउँदै आफ्ना उत्पादन बिक्रीका लागि मानव स्वास्थ्यमा नै खेलवाड गर्न थालेको छ । जनस्वास्थ्य ऐनको दफा ४५ मा मानव स्वास्थ्यमा असर पर्ने गरी विज्ञापन उत्पादन , प्रकाशन तथा प्रसारण गर्न बन्देज लगाएको छ । जनस्वास्थ्य ऐन विपरीत विज्ञापन उत्पादन प्रकाशन तथा प्रसारण गरे कानुन बमोजिम कारवाही हुने कानुनी व्यवस्था रहेको छ । आर्थिक प्रभावका कारण प्राप्त सरकारी संरक्षणको फाइदा उठाउँदै

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 121 पटक पढिएको
  • आज सुन चाँदीको मूल्य, प्रतितोला कति ?

    काठमाडौं / नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । हिजो प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार  भएको थियो । यसैगरी, आज तेजाबी सुनको मूल्य पनि वृद्धि भएर तोलामा ९३ हजार २०० रुपैयाँमा कारोबार महासङ्घले जनाएको छ ।बिहीबार चाँदीको मूल्य पनि बढेर प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 106 पटक पढिएको
  • प्रधानमन्त्री रोजगार कार्यक्रम : पाँच लाखको सामूहिक दुर्घटना बीमा

    काठमाडौँ  / प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रोजगारी पाएका श्रमिकको रु पाँच लाखको सामूहिक कार्यस्थल दुर्घटना बीमा हुने भएको छ । मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन गरेर उक्त व्यवस्था लागू गरेको हो ।नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएकामध्ये रोजगारीमा खटिने दुई लाख श्रमिकको काममा खटिएका १०० दिनको अवधिको मात्र सामूहिक कार्यस्थल दुर्घटना बीमा लागू हुनेछ ।निर्देशिकाअनुसार श्रमिकको बढेको ज्याला र बीमा चालु आर्थिक वर्षबाट लागू हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बीमाका लाग

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 109 पटक पढिएको
  • प्रधानमन्त्री रोजगार कार्यक्रम श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य

    काठमाडौँ / सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका (२०७५) संशोधन गरेसँगै श्रमिकको ज्याला बढेको हो । निर्देशिका संशोधनसँगै पारिश्रमिकमा वृद्धि र अनिवार्यरूपमा बीमा कार्यान्वयनमा आउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक डण्डुराज घिमिरेले मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृति गरेसँगै चालु आर्थिक वर्षबाटै ज्याला वृद्धिको निर्णय कार्यान्वयन हुने जान

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 122 पटक पढिएको
  • ७ व्यवसायी निर्माण कम्पनीहरू कालो सूचीमा

    काठमाडौं / समयमै काम सम्पन्न नगर्ने ७ निर्माण कम्पनीहरू कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौँले समयमै काम नसक्ने ७ निर्माण कम्पनीलाई बुधबार कालोसूचीमा राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको कार्यलयले गरेको उक्त निर्णय आजदेखि कार्यान्वयन हुने छ ।कालो सूचीमा पर्ने कम्पनी र व्यक्तिहरूमा बालन ब्रदर्श कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि तुलसीपुर ६ दाङ जसका मुख्य व्यक्ति जगराज बालन योगी रहेका छन् । उक्त कम्पनीलाई १ वर्ष कालो सूचीमा राखिएको छ ।वरदान कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्सन प्रालि जडिबुटी ३२ काठमाडौं जसका मुख्य व्यक्ति तिलक पा

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 107 पटक पढिएको
  • शेयर बजारमा उच्च अंकको गिरावट

    बिर्तामोड  / आज (बुधबारं) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै आएको बजारमा मंगलबार १० अंकको करेक्सन आएको थियो । बुधबार उतार चढावकाबीच नेप्से ३८ अंकले ओरालो लागेर २८ सय ९८ कायम भएर थामियो । कारोबार पनि ६ अर्बमा खुम्चियो । सबै समूह ओरालो लाग्दा जीवन बीमा समूहमा सबैभन्दा उच्च २ सय २५ अंकको गिरावट आयो ।निर्जीबन बीमा र उत्पादनमूलक समूहमा पनि सय अंक माथिको कमी आयो । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २८ कम्पनीको १ करोड १८ लाख कित्ता शेयर ६ अर्ब बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।यस दिन १ सय ६५ कम्प

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 115 पटक पढिएको
  • सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको सुनचाँदीको मूल्य

    काठमाडौँ / मंगलबार नेपाली बजारमा सुन प्रतितोलामा एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार केही दिन यता एक दुई सयले घटबढ भइरहेको सुनको मूल्य आज फेरि एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै बढेर ९२ हजार एक सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने आज स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 126 पटक पढिएको
  • सुन तस्करीमा कडाइ : राजश्व असुली भारी वृद्धि

    काठमाडौँ /  त्रिभुवन विमानस्थल भन्सार कार्यालय चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा बढि राजस्व संकलन गर्न सफल बनेको छ ।विमानस्थलबाट हुने गरेको सुन आयातमा अर्थमन्त्री जनार्दन शर्माले कडाइ थालेसँगै राजस्व संकलन बढेको हो । ठूला सुन व्यवसायीले खाडी मुलुकमा आफ्ना मान्छे नै राखेर नेपाल आउने नागरिकलाई भरियाका रुपमा उपयोग गरी सुन ल्याउने गरेको पाइएपछि अर्थमन्त्री शर्माले मन्त्रालयका कर्मचारी नै खटाएर मंसिर पहिलो साताबाट कडाइ थालेका थिए ।विकास खर्च गर्न नसकेको आरोप खेपीरहेका शर्मालाई विमानस्थलबाट भएको राजश्व वृद्धिले थोरै भएपनि राहत मिलेको छ । सुन आयातमाथि उनले कडाइ थालेसँगै सुन तस्करी सम

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 153 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.