काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे ।मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रतामाथि कसैले कुनै कदम उठाएको भए सरकारले त्यसविरुद्ध आवश्यक कारबाही गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले पत्रकारहरूको हकहित संरक्षणका लागि स्थापना भएका संस्था तथा संगठन खारेज गर्ने प्रयास अन्तर्राष्ट्रिय श्रम तथा प्रेस स्वतन्त्रतासम्बन्धी मान्यताविपरीत भएको भन्ने विषयमा आफू स्पष
काठमाडौं । जर्मनीले नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी वार्तापछि जर्मनीले आगामी दुई वर्षका लागि ३ करोड ७६ लाख युरो ९करिब ५ अर्ब ८० करोड रुपैयाँ० बराबरको आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।उक्त सहयोग मुख्यतः ऊर्जा, स्वास्थ्य, दिगो आर्थिक विकास र पूर्वाधार सुधारका क्षेत्रमा खर्च गरिने बताइएको छ। जर्मनीले नवीकरणीय ऊर्जा प्रवर्द्धन, विद्युत् वितरण प्रणाली सुधार, कृषि क्षेत्रको आधुनिकीकरण, राजस्व प्रणाली सुदृढीकरण तथा वित्तीय पहुँच विस्तारमा समेत सहयोग गर्नेछ।दुवै देशबीच सम्पन्न द्विपक्षीय वार्तामा विका
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि मन्त्रालयको बजेट सीमित स्रोतबीच प्राथमिकताका आधारमा विनियोजन गरिएको स्पष्ट पारेकी छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले राष्ट्रिय स्रोतमा परेको चापका कारण मन्त्रालयको बजेट अपेक्षाकृत कम देखिएको बताइन्। उनका अनुसार मन्त्रालयले बजेट तथा कार्यक्रम सिलिङभित्र रहेर प्रस्ताव तयार गरेको हो। उनले भनिन्, ‘कृषि क्षेत्रमा भएको बजेट विनियोजन पर्याप्त हुन नसकेको विषयमा मेरो पनि समान बुझाइ रहेको छ।’ आगामी आर्थिक वर्षका लागि संघीय निकाय तर्फ ६० अर्ब ३० करोड, प्रदेश सशर्त अनुदान त
काठमाडौं । सरकारले वर्षौंदेखि ‘फ्री भिसा, फ्री टिकट’ को नीति लागू गरेको दाबी गरिरहे पनि वैदेशिक रोजगार व्यवसायीहरूले त्यसलाई व्यवहारमा असफल भएको बताएका छन्। उनीहरूका अनुसार मलेसिया र खाडी मुलुकमा रोजगारीका लागि जाने एक नेपाली श्रमिकले अहिले पनि औसतमा १ लाख ३४ हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्था छ।व्यवसायीहरूले सार्वजनिक गरेको विवरणअनुसार राहदानी, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, बीमा, सामाजिक सुरक्षा कोष, भिसा प्रक्रिया, यातायात र हवाई टिकटलगायतका शीर्षकमा ठूलो रकम खर्च हुने गरेको छ। त्यसमा म्यानपावर कम्पनीको सेवा शुल्क जोड्दा कुल लागत १ लाख ३४ हजार रुपैयाँभन्दा माथि पुग्ने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ दशमलव ५ प्रतिशत निश्चित लाभांशदर भएको २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव विशेष साधारणसभाबाट पारित गरेको छ ।असार ३ गते सम्पन्न सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको हो । अब बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएपछि संस्थागत लगानीकर्तालाई परिपत्र विधिमार्फत शेयर बिक्री गर्नेछ । वितरणयोग्य मुनाफा भएको वर्षमा मात्र लाभांश दिने व्यवस्था रहेको उक्त शेयर दोस्रो बजारमा समेत कारोबार गर्न सकिनेछ । हाल बैंकको चुक्तापूँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
काठमाडौं । बिबिसी मास्टरसेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साहले आफ्नो पक्राउ प्रकरणबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका कतिपय कुराहरु भ्रमपूर्ण रहेको प्रष्ट पारेका छन् ।बुधबार पत्रकार सम्मेलन गर्दै साहले विवादित ४ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौँले गरेको फैसलाविरुद्ध उच्च अदालत जाने तयारी भइरहेका बेला हदम्याद बाँकी हुँदाहुँदै आफुलाई पक्राउ गरिएको आरोप लगाएका छन् । एक महिना अघि पक्राउ पूर्जी आएपनि आफू भद्रकाली परिसरमा जाँदा किन पक्राउ नगरी जनकपुरबाट पक्राउ गर्ने काम भयो भन्ने उनले आशंका व्यक्त गरेका छन् । उनले सिला रेष्टुरेन्टको सम्पत्
काठमाडौं । अमेरिका–इरानबीच युद्धविरामको प्रारम्भिक सहमति भए पनि पेट्रोलियम पदार्थको मूल्य तत्काल पुरानै अवस्थामा फर्किने सम्भावना नरहेको विज्ञहरूले बताएका छन्।युद्धका कारण तेल उत्पादनमा आएको गिरावट, बन्दरगाहमा भएको अवरोध र विश्वव्यापी आपूर्ति शृङ्खलामा परेको असरका कारण इन्धनको मूल्य अझै केही महिना उच्च रहन सक्ने अनुमान गरिएको छ।विशेषज्ञहरूका अनुसार उत्पादन पुनः पूर्ण क्षमतामा फर्किन समय लाग्नेछ भने गर्मीयाममा बढेको इन्धन मागले पनि मूल्य घट्न ढिलाइ गर्नेछ। हाल सयौँ जहाजहरू ढुवानीका लागि प्रतीक्षामा रहेकाले विश्व बजारमा आपूर्ति सहज हुन अझै समय लाग्ने देखिएको छ।इन्धनको मूल्यवृद्धिको असर खाद्यान्न
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ५३५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ७७ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०६ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३८ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८१, निषेधित क्षेत्रमा हर्न बजाउने १४१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६०९ जनालाई कारबाही गरिएको हो ।
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३० पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ०९ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८० पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैया
काठमाडौं— डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको अध्यक्षमा नियुक्त गरेका हुन् । तत्कालिन अध्यक्षले वैशाख १५ मा राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा लम्साललाई ल्याइएको हो । लम्साल हाल अर्थ मन्त्रालयको महाशाखा प्रमुखका साथै नेपाल रिइन्स्योरेन्स र नेपाल बैंकमा समेत महत्त्वपूर्ण जिम्मेवारीमा छन् ।यस नियुक्तिसँगै नेप्सेको नीति निर्माण, बजार सञ्चालन तथा नियामक समन्वयमा सरकारी भूमिकाको उपस्थिति थप मजबुत हुने अपेक्षा गरिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.