आर्थिक

    Showing 481-490 of 4,487 items.
  • सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८३ र ८४ का लागि आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छ । आज अपराह्न ४ बजे आर्थिक मामिला मन्त्री बिक्रमसिंह धामीले प्रदेश सभामा बजेट तथा कार्यक्रम पेस गर्ने कार्यपालिका रहेको प्रदेश सभा सदस्यले जनाएको छ । यस पटक सरकारले हाल सम्मकै सबै भन्दा ठुलो बजेट ल्याउने तयारी गरेको श्रोतको भनाई छ । आकार वृद्धि गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमा हुने बचतलाई मुख्य आधार बनाएको आर्थिक मामिला मन्त्रालयका एक अधिकृतले बताए । चालु आर्थिक वर्षको बजेटबाट कम्तीमा ८ अर्ब बचत हुने अनुमान रहेको प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप बहादुर सुनारले बताए । बजेट

    • प्रकाशित मितिः असार १, २०८३
    • 136 पटक पढिएको
  • लुम्बिनी प्रदेश सरकारको बजेट आज

    सिद्धार्थनगर। लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ लागि बजेट सार्वजनिक गर्दैछ । आज साँझ ५ः०० बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ का लागि रु ३८ अर्ब ९१ करोडको बजेट ल्याएको थियो । प्रदेश सरकारका अनुसार आगामी आवको बजेट ‘समृद्ध लुम्बिनीः सुखी नागरिक’ को दीर्घकालीन सोच, दोस्रो आवधिक योजना तथा दिगो विकास लक्ष्यलाई आधार बनाएर तर्जुमा गरिएको छ ।

    • प्रकाशित मितिः असार १, २०८३
    • 253 पटक पढिएको
  • ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला

    काठमाडौँ। ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । जसबाट राज्यकोषमा रु १० लाख ४८ हजार पाँच सय राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।मादकपदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०७,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६५ जनालाई कारबाही ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकम

    • प्रकाशित मितिः असार १, २०८३
    • 250 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७० पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ५३ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुप

    • प्रकाशित मितिः असार १, २०८३
    • 234 पटक पढिएको
  • मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२ र ८३ प्रस्तुत

    जनकपुर । मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२।०८३ मधेश प्रदेश सभामा प्रस्तुत गरिएको छ ।आईतबार बसेको प्रदेश सभाको बेठकमा अर्थमन्त्री युवराज भट्टराईले नेपालको संविधान तथा प्रचलित कानुनी व्यवस्था बमोजिम आर्थिक सर्वेक्षण २०८२।०८३ प्रस्तुत गरेका हुन् ।  प्रस्तुत गरिएको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०८२।८३ का लागि उपभोक्ता मूल्यमा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन ८ खर्ब ६३ अर्ब रुपैयाँ हुने अनुमान छ भने अघिल्लो वर्षको संशोधित अनुमान ८ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ । मधेश प्रदेशले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा १३।१ प्रतिशत योगदान पुर्याउने र आर्थिक वृद्धिदर १।३१ प्रतिशत मात्र

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 223 पटक पढिएको
  • सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छ,मन्त्री डा वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र त्यसको सुरुवात बजेटबाट भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यताको अन्त्य गर्न बजेटबाट सुरु गरेको बताएका हुन् । उनले त्यस कामको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पु¥याउने बताए । ‘पछिल्लो १५–२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनैपर्ने बाध्यता आइलागेको छ,’ अर्थमन्त्री डा वाग्लेले भने, ‘अब त्यस्तो स्

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 145 पटक पढिएको
  • बैंकमा पैसा राख्नेको आम्दानी झन् घट्यो, ब्याजदर फेरि ओरालो

    काठमाडौं । आउँदो महिनाका लागि पछिल्लो महिनाको असार मसान्तभित्रै ब्याजदर प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकको नियमअनुसार २० वटै वाणिज्य बैंकले आइतबार नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।  अधिकांश बैंकले पुरानै दर कायम राखे पनि केही बैंकले निक्षेपको ब्याजदर थप घटाएका छन्।नयाँ दरअनुसार एनआईसी एसिया, एनएमबी, प्राइम कमर्सियल, हिमालयन र स्ट्यान्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूमा निक्षेप बढ्दो क्रममा रहे पनि लगानीको अवसर कम हुँदा ब्याजदर घटाउने दबाब परेको देखिएको छ।हाल बैंकिङ प्रणालीमा ८० खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन भएको छ। तर कर्जा लगानी भने करिब ५९ खर्ब रु

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 101 पटक पढिएको
  • भारतीय अवरोधका कारण नेपाली चिया उद्योग संकटमा, असार १ देखि उद्योग बन्द गर्ने घोषणा

    काठमाडौं— भारतीय पक्षले नेपाली चिया आयातमा लागू गरेको नयाँ प्रशासनिक व्यवस्थाका कारण चिया निर्यात प्रभावित बनेपछि इलामका चिया उद्योगहरू गम्भीर संकटमा परेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै उद्योगीहरूले असार १ गतेदेखि उद्योग सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्।सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आइतबार जारी गरेको विज्ञप्तिमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ ले नेपाली चिया निर्यातमा अवरोध सिर्जना गरेको उल्लेख गरेको छ। गुणस्तर परीक्षण प्रक्रिया लामो हुनु, परीक्षण प्रतिवेदन ढिलो आउनु तथा भण्डारणसम्बन्धी जटिलताले ठूलो परिमाणमा चिया बिक्री ह

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 525 पटक पढिएको
  • ७ वाणिज्य बैंकको ब्याजदर घट्यो

    काठमाडौं— असार महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको तुलनामा औसत निक्षेप ब्याजदरमा सामान्य गिरावट आएको छ ।नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा औसत अधिकतम ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ, जुन जेठमा ४.३४ प्रतिशत थियो । संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि ३.२० प्रतिशतबाट घटेर ३.१८ प्रतिशतमा झरेको छ ।सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १३ बैंकले जेठकै दरलाई निरन्तरता दिएका छन् । ब्याजदर घटाउने बैंकहरूमा स्ट्याण्डर्ड चार्टर्ड, कुमारी, एनआईसी एशिया, हिमालयन, प्राइम कमर्सियल, लक्ष्मी सनराइज र एनएमबी बैंक रहेका छन् ।अब क

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 443 पटक पढिएको
  • सुन तोलामा १ हजार २०० रुपैयाँ वृद्धि,कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँले वृद्धि भएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार भने सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ कायम थियो।यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले महँगिएर ४ हजार ८९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 98 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.