आर्थिक

    Showing 871-880 of 4,487 items.
  • २४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयको निर्देशन

    काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ।मन्त्रालयले विमानस्थलहरूमा सरसफाइ, सुरक्षा तथा गोपनीयता सुनिश्चित हुने गरी स्तनपान कक्ष सञ्चालन गर्न, आवश्यकताअनुसार स्तरोन्नति गर्न तथा बिरामी र विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाह कक्ष व्यवस्था गर्नसमेत निर्देशन दिएको हो।यससँगै विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार कायम गर्न, दैनिक ‘लगबुक’ प्रणालीमार्फत सरसफाइको अभिलेख राख्न र विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय नागरिक

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 509 पटक पढिएको
  • मन्त्री श्रेष्ठ भन्छन नयाँ आयोजना भन्दा रुग्ण परियोजनामा प्राथमिकतामा लिइने

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नयाँ आयोजना सुरु गर्नु भन्दा वर्षौंदेखि अलपत्र परेका आयोजनाहरूलाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने नीति लिइने बताएका छन्।शुक्रबार जलस्रोत तथा सिँचाइ विभाग का अधिकारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै मातहतका निकायलाई परिणाममुखी काम गर्न निर्देशन दिएका हुन्। उनले जिम्मेवारी निर्वाह नै मुख्य कुरा भएको उल्लेख गर्दै चालु आर्थिक वर्षको बाँकी अवधिमा जनताले सुधारको अनुभूति गर्ने गरी काम गर्न आग्रह गरे।उनका अनुसार विकास आयोजनामा देखिएका समस्या केवल बजेटमा सीमित नभई व्यवस्थापन, संरचना

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 469 पटक पढिएको
  • सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

    काठमाडौं— बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडादर वृद्धि कार्यान्वयनमा आएको छ । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर राजपत्रमा सूचना प्रकाशन भएसँगै लागू गरिएको हो ।प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली, २०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई आधार बनाएर यसअघि २०८० भदौ ७ गतेदेखि लागू भाडादर पुनरावलोकन गरी नयाँ दर निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा २५.९६ प्रतिशतले वृद्धि गरिएको छ । त्यस्तै,

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 438 पटक पढिएको
  • क्रस बोर्डर टुरिजम् कन्क्लेभ २०२६ः पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार र गुणस्तरीय सेवामा जोड

    झापा— नेपाल पर्यटन बोर्ड र पर्यटन कार्यालय काकडभिट्टाको संयुक्त आयोजनामा कोशी प्रदेशको झापामा भएको ‘क्रस बोर्डर टुरिजम् कन्क्लेभ झापा २०२६’ को तेस्रो संस्करणमा सीमापार पर्यटनको प्रवद्र्धन, नीतिगत सुधार र नेपाल–भारत सहकार्यलाई थप सुदृढ बनाउन जोड दिइएको छ ।शुक्रबार झापाको होटल मेची क्राउनमा भएको कार्यक्रममा वक्ताहरुले पर्यटन विस्तारका लागि व्यवहारिक सुधार, पूर्वाधार विकास र संयुक्त बजार प्रवर्द्धनमा जोड दिएका छन् ।कार्यक्रमका प्रमुख अतिथिसमेत कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले सीमापार पर्यटनले प्रदेशको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । उनले भने, ‘आजको यस सीमापार पर्यटन कन्क्

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 485 पटक पढिएको
  • शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।छापावाल सुनको मूल्य २ हजार २ सयले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।बिहीबार छापावाल सुनको मूल्य २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 505 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा, सिङ्

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 232 पटक पढिएको
  • नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा बढेर बन्द भएको छ । अघिल्लो दिनको सकारात्मक लयलाई निरन्तरता दिँदै बजारमा हरियाली छाएको हो ।यस दिन नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ४.६४ अंक, फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले उकालो लागेको छ ।यसदिन कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । बुधबार ८ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३३८ कम्पनीका १ लाख ८ हजार ८६९ पटकको कारोबारमा कुल ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरका २ करोड ७९ लाख ३१

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 201 पटक पढिएको
  • अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा बढ्यो

    काठमाडौं— यातायात व्यवस्था विभागले अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा स्वचालित प्रणाली अनुसार समायोजन गरिएको जानकारी दिएको छ ।चैत्र २५ गते डिजेल मूल्य तथा अन्य १३ वटा आर्थिक–सामाजिक सूचकको आधारमा यात्रुवाहक र मालवाहक सवारीको भाडा बढाइएको हो ।समायोजन अनुसार, यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशत, पहाडी मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत, र तराई मार्ग मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि भएको छ ।यातायात व्यवस्था विभागको सूचना अनुसार काठमाडौं–विराटनगर सुपर डिलक्स बसको भाडा रुपैयाँ २४०७, डिलक्स रुपैयाँ २००६, सामान्य रुपैयाँ १६७१ कायम गरिएको छ । यस्तै, काठमाडौं– धनकुटा सुपर डिलक्स रु

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 456 पटक पढिएको
  • पाँच लाख ६७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ५ लाख ६७ हजार ३ सय २२.२० कित्ता बोनस शेयर सूचीकृत भएको छ । रुरु जलविद्युत परियोजना लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको हो । 

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 495 पटक पढिएको
  • एपोलो हाईड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं— एपोलो हाईड्रो पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले कुल ७ लाख ८० हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको जनाएको छ ।निष्कासन गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ प्रयोग गरी दिन सकिनेछ ।कम्पनीका अनुसार आईपीओ छिटोमा चैत ३० गतेसम्म र ढिलोमा वैशाख १० गतेसम्म खुला रहनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 440 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.