आर्थिक

    Showing 891-900 of 4,487 items.
  • नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक पौडेलले दिए राजीनामा

    काठमाडौं— नेपाल पुनर्बीमा कम्पनीमा सञ्चालक किरण पौडेलले राजीनामा दिएका छन् । कम्पनीको स्वतन्त्र सञ्चालक रहेका पौडेलले पदबाट राजीनामा दिएका हुन् ।उनले चैत २० गते पदबाट राजीनामा दिएको कम्पनीका अर्का एक सञ्चालकले पुष्टि गरेका छन् । ती सञ्चालकका अनुसार पौडेलले आफ्नो व्यक्तिगत र व्यवसायिक कार्यव्यस्तता कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । उनीको राजीनामा कम्पनीको चैत २३ गते बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 467 पटक पढिएको
  • इन्धन महँगिएपछि सचिव र सहसचिवको सुविधा कटौती

    काठमाडौं— पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएपछि अर्थ मन्त्रालयले उच्च तहका पदाधिकारीहरूको इन्धन सुविधामा कटौती गर्ने निर्णय गरेको छ।मन्त्रालयका अनुसार अब सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीहरूले मासिक ७० लिटर इन्धन मात्र पाउनेछन् भने सहसचिवहरूका लागि यो सीमा ५० लिटर कायम गरिएको छ। यसअघि सचिवहरूले १२५ लिटर र सहसचिवहरूले १०० लिटर इन्धन सुविधा पाउँदै आएका थिए।त्यसैगरी, केन्द्रीय कार्यालयअन्तर्गत सञ्चालनमा रहेका सवारी साधनहरूमा समेत इन्धन आपूर्ति घटाइएको मन्त्रालयले जनाएको छ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र आपूर्ति अस्थिरताको प्रभावलाई मध्यनजर गर्दै सार्वजनिक खर

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 485 पटक पढिएको
  • नाइमाद्वारा अटोमोबाइल क्षेत्र सुधारका लागि अर्थमन्त्रीलाई नीतिगत सुझाव पेश

    काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटो मोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गरेको छ । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई आज अर्थमन्त्राय पुगेर भेटघाट गर्दै बधाई समेत दिएका छन् ।भेटका क्रममा नाइमाले स्थिर, पूर्वानुमानयोग्य तथा सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रलाई विलासिता होइन, आवश्यक क्षेत्रका रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ । साथै, कर संरचनालाई सहज र सन्तुलित बनाउने तथा ८०/२० अनुपातमार्फत वित्तीय

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 217 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको छ ।आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ रहेको थियो ।त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । चाँदी ४ हजार ८२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ७८० रुपैयाँ रहेको थियो ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 212 पटक पढिएको
  • विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

    काठमाडौं— अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेका कारण सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० र २४ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले ‘कार्य सञ्चालन निर

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 506 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ११ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिदद

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 361 पटक पढिएको
  • अर्थमन्त्रीको आश्वासनपछि नेप्से परिसूचक ८३ अंकले बढ्यो

    काठमाडौं— साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायीहरू पक्राउ पर्न थालेपछि प्यानिक बनेको शेयर बजारमा अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि सुधार देखिएको हो।आइतबार १०० अंकभन्दा बढीले घटेको बजारलाई स्थिर बनाउन आज बिहान स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूले अर्थमन्त्री वाग्लेलाई भेटेका थिए। भेटका क्रममा उनले सरकार निजी क्षेत्र तथा पूँजीबजारप्रति सकारात्मक रहेको स्पष्ट पार्दै इन्साइडर ट्रेडिङ, म्यानिपुलेसनजस्ता अनैतिक गतिविधिमा संलग्न नभए डराउनुपर्ने अवस्था नरहेको बताएक

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 507 पटक पढिएको
  • सहकारीको नयाँ अभ्यास सदस्यलाई मासिक पेन्सन वितरण सुरु

    रुपन्देही— रुपन्देहीमा सहकारीमार्फत सदस्यलाई मासिक पेन्सन दिने नयाँ अभ्यास सुरु गरिएको छ। बुटवलस्थित सशक्त बचत तथा सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई लक्षित गर्दै पेन्सन वितरण योजना लागू गरेको हो।सोमबार आयोजित कार्यक्रममा सहकारीले पहिलोपटक ६० वर्षीय सदस्य रामप्रसाद न्यौपानेलाई मासिक १ हजार रुपैयाँ पेन्सन प्रदान गर्दै योजना औपचारिक रूपमा सुरु गर्‍यो। सहकारीका अध्यक्ष महेशप्रसाद पोखरेलले सदस्यलाई सामाजिक सुरक्षासँग जोड्ने उद्देश्यले यस्तो योजना ल्याइएको जानकारी दिए।यो योजनाअन्तर्गत २० देखि ६० वर्ष उमेर समूहका सदस्य सहभागी हुन सक्नेछन्। सहकारीले निश्चित रकम बचत गर्ने सदस्यलाई मासिक १ हजा

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 507 पटक पढिएको
  • मुगुको खत्याड गाँउपालिकाको बिराबगर आयोजनाबाट विद्युत उत्पादन सुरु

    मुगु— मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका स्थित बिराबगर विद्युत् आयोजनाबाट उत्पादन सुरु भएपछि स्थानीय खुशी भएका छन् ।१८ महिनाभित्र विद्युत उत्पादनको लक्ष्यसहित सुरु भएको आयोजना ६ बर्ष पछि काम सकिएर विजुली बल्न थालेको हो ।खत्याड गाँउपालिका १ देखि ११ वडाका करिब ५ दर्जन बस्तीका ४ हजार २ सय भन्दा बढी घरधुरीलाई लक्षित गरी जलविद्युत आयोजना निर्णाण सुरु भएको थियो ।०६९ सालमा परियोजनाको डीपीआर तयार गरिएको थियो भने २०७४ साल चैत ५ गते उत्पादनतर्फ र ०७५ भदौ ६ गते वितरणतर्फ बोलपत्र आह्वान गरिएको भएपनि २०७५ मंसिर १५ मा उत्पादनतर्फ मेगा फेवा जेभी र प्रसारणतर्फ कस्मिक इलेक्ट्रोनिक्ससँग १८ महिने ठे

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 547 पटक पढिएको
  • आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ: अर्थमन्त्री

    काठमाडौं— स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गरेका छन् । एसोसिएसनका पदाधिकारीहरूसँग आज बिहान भएको भेटमा अर्थमन्त्रीले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार गम्भीर रूपमा सुशासनका काममा केन्द्रित रहेको बताए ।उनले भने, ‘नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु छ, त्यसका लागि सुशासनका काम गर्नुपर्छ । जनमत पनि यही हो, हामी यसैमा केन्द्रित छौँ ।’अर्थमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार निजी क्षेत्रविरोधी नभएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने दिशामा काम भइरहेको बताए

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 564 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.